टोकियो/जापान।जापान रेलवे कम्पनी( जेआर) ईस्टले टोकियो महानगर भित्र गुड्ने यामानोते लाईनमा पहिलो पटक चालक रहित रेलकोको सफल परिक्षण सम्पन्न गरेको छ ।
विगत ४ वर्षयता निरन्तर विकास र परिक्षणको क्रममा रहेको चालक रहित स्वचालित रेलको यस अघि रातीको समयमा परिक्षण गरिँदै आएको भएता पनि आज भने दिउँसोको समयमा साविकको रेलहरु गुड्ने लाईनमै सफल परिक्षण गरिएको हो ।

जापानमा हरेक वर्ष घट्दो मानव संसाधनलाई मध्ये नजर गर्दै निकट भविष्यमा पुर्णरुपमा संचालनमा ल्याउने योजना सहित निर्माण तथा परिक्षणमा रहेको चालक रहित स्वचालित रेल अव साँच्चै प्रयोगमा ल्याउन योग्य भईसकेको परिक्षणले देखाएको छ ।

आज यामानोते लाईनमा ३४.५ किलोमिटर दुरी करिब १ घण्टाको अवधीमा चालकको साहयता बिनानै संचालन गरिएको हो । जापानी समाचार माध्यमहरुमा प्रकाशित खबरका अनुसार चालक रहित स्वचालित रेलको रोकिने समय तथा स्थान, ढोकाहरु खुल्ने तथा बन्द हुने लगायतका सबै कामहरु स्वचालितरुपमै अपेक्षा अनुसार नै भएको छ । योजना अनुरुप भए सन २०३० देखि स्वचालित रेलहरुले व्यवसायीक यात्रा सुरु गर्नेछन् ।

परिक्षण पश्चात संचारकर्मीहरुले सर्वसाधरणहरुसंग लिएको प्रतिकृयामा भने मिश्रित जवाफ आएको छ । केहि नागरिकहरुले युगको माग भनेका छन् भने केहिले चालक रहित हुँदा निर्धक्क हुन गाह्रो हुने अभिव्यक्ति दिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




