टोकियो/जापान । हिजो(फेब्रुअरी २४ तारिख) बिहान ७ बजेतिर टोकियोको नेरिमा वार्डमा रहेको कन्भिनियन्स स्टोर फ्यामिलीमार्टमा ट्रक ठोक्किएर दुर्घटना भएको छ ।

टोकियो महानगरीय प्रहरी विभागका अनुसार २४ तारिख बिहान ७:०० बजे हिगासिओईजुमी, नेरिमा-कुमा रहेको कन्भिनियन्स स्टोरमा एउटा मिनि ट्रकले ठक्कर दिई ट्रक फ्यामिलि मार्टभित्र छिरेको हो । त्यस समयमा त्यहाँ दुई कर्मचारी र चार/पाँच ग्राहकहरु थिए, यद्यपी कसैलाई चोटपटक भने नलागेको बताईएको छ ।

उक्त ट्रक ६० वर्ष उमेर समूहका मानिसले चलाएका थिए भने, उनी उक्त फ्यामिलि मार्टमा सामान किन्न जाने सोचेर पसल अगाडी रोक्न खोज्दा, दुर्घटना भएको बुझिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनले गल्तीले ब्रेक थिच्छु भन्दा एक्सेलेटर टेकिएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार