टोकियो/जापान ।जापानले यस साताबाट हालसम्म कायम कडा सीमा प्रतिबन्धलाई खुकुलो बनाउने घोषणा गरेसंगै आज( मार्च १ बाट) विश्वभरमा रहेका जापान आउन चाहनेहरु एकातिर उत्साहित छन् भने, अर्कोतर्फ अझै पनि दैनिक जापान प्रवेश गर्ने यात्रुसंख्यामा कायम सीमाले अपेक्षित समयमा आउन नपाउने चिन्ता पनि कायम रहेको छ ।

जापान सरकारले, यहि मार्च ६ तारिखबाट,हाल कायम दैनिक ३,५०० जना यात्रुहरु मात्र प्रवेश गर्न सक्ने प्रावधानलाई संशोधन गरि दैनिक ५००० जनामा पुर्याउने घोषणा गरेको छ । यद्यपी, अहिले विश्वभर प्रतिक्षामा रहेका मानिसहरुको संख्यालाई हेर्ने हो भने दैनिक ( नयाँ/पुरानो/विदेशी तथा जापानी सबै गरेर जम्मा)५००० जना मात्रै प्रवेश गर्न पाउने प्रावधानले सीमा खुलेतापनि तत्काल जापान प्रवेश पाईहाल्ने सम्भावना थोरै रहेको छ । त्यसैले जापान खुलेता पनि जापान आईपुग्न अझै केहि महिना लाग्न सक्ने सम्भावना रहेको छ ।

यसका अलवा,दैनिक यात्रुसंख्या तोकिँदा एयरलाइन्सहरुले आफ्नो क्षमता अनुसारको यात्रुहरु बोक्न पाउँदैनन् जसको कारण यात्रा गर्दा भाडा महंगो पर्न जान्छ । जन अहिले चलिरहेको छ । जसले यात्रुहरुको यात्रा ढिलो मात्रै होईन निकै खर्चिलो पनि बनाईदिएको छ । यसका अलवा विदेशी समुदायले, जापानले अहिले खोलेता पनि फेरि कोरोना संक्रमण बढ्यो या फेरि कुनै नयाँ भेरियन्ट देखियो भने बन्द पो गरिदिने हो कि भन्ने त्रासले मानिसहरु जति सक्दो छिटो जापान आउन चाहिरहेका छन् । परिणाम टिकट, होस्टल लगायतका विभिन्न कुराहरुमा यात्रुहरुलाई बिचौलियाहरुले ठगि गर्ने तथा मर्कामा पार्ने प्रवल सम्भावना छ ।

बोर्डर बन्द हुनुभन्दा थोरै/थोरै भएपनि खुला हुनु सबैको लागि सुखद हो तर,जापानले जापान आउने प्रकृयामा पछिल्लो २ वर्षदेखि प्रतिक्षामा रहेकाहरुको परिस्थिती बुझेर धेरै भन्दा धेरै यात्रुहरुलाई प्रवेश गराउने तर्फ सोच्नुपर्ने सरोकारवालाहरुको भनाई रहेको छ ।

जापानमा कोभिड सुरु हुनुअघि, दैनिक ६४ हजार जनाभन्दा बढी यात्रुहरु( पर्यटक बाहेक) आउने गर्दथे , त्यहि आधारमा हेर्ने हो भने पनि दैनिक ५००० जनाको सीमाले जापान खुल्ला भएता पनि यहाँसम्म आईपुग्न अझै महिनौँ लाग्न पनि सक्छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार