टोकियो/जापान । जापानले युक्रेनी शरणार्थीहरुलाई स्विकार गर्ने भएको छ ।युक्रेनमा बढ्दो तनावका कारण देश छोडेर अन्यत्र शरण लिनेहरुको संख्या बढिरहेको सन्दर्भमा जापानी प्रधानमन्त्री फुमिओ किसिदाले यस्तो कुरा सार्वजनिक गरेका हुन् ।
बुधबार, पोल्याण्डका प्रधानमन्त्री मास्टुज मोराविएकीसंग टेलिफोन वार्ता गर्नेक्रममा प्रधानमन्त्री किसिदाले,जापानले युक्रेनबाट भागेर आएका जापानमा आफन्त वा चिनजानका मानिस भएका तथा नभएका सबैलाई मानविय अवस्थालाई हेरि प्रवेश दिईने बताएका हुन् । जापानले यसै महिनाबाट नव प्रवेशी विदेशीहरुलाई प्रवेश खुल्ला गरेको छ ।
अहिले जापानले दैनिक ५००० जनासम्म यात्रुहरु मात्रै प्रवेश हुन पाउने व्यवस्था गरेको छ । यद्यपी युक्रेनबाट जापान आउने तथा आउन चाहनेहरुको हकमा यो सिमा लागु नहुने र युक्रेनबाट शरण लिनका लागि आउनेहरुलाई दैनिक तोकिएको ५ हजार जनामा गणना नगरिने पनि प्रधानमन्त्री किशिदाले बताएका छन् ।
युक्रेनमा तनाव बढ्न थालेपछि हालसम्म ८ लाख ७० हजार भन्दा धेरै युक्रेनीहरुले मुलुक छाडी अन्यत्र शरण लिन गईसकेको बताईएको छ । अझै युद्द लम्बिने संकेत गरिएकाले त्यहाँबाट धेरै मानिसहरु अन्यत्र शरणका लागि जान चाहिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




