पछिल्लो समयको अत्यन्तै लोकप्रिय सोसियल नेटवर्क साईट टिकटकले रसियामा भिडियो प्रकाशन सेवा बन्द गरेको छ । रुसले युक्रेनमाथि जारी राखेको आक्रमणको विरुद्धमा ऐक्यवद्धता जनाउँदै, यसो गरिएको हो ।

हिजो( मार्च ६ तारिख) एक सुचना जारी गर्दै विश्व प्रसिद्ध भिडियो सेयरिङ एप “टिक टक” ले रुसमा भिडियो पोस्टिङ सेवा बन्द गर्ने घोषणा गरेको हो ।

राष्ट्रपति पुटिनले जानाजानी रूसी सैन्य गतिविधिहरूको बारेमा गलत जानकारी फैलाउने व्यक्ति र समूहहरूलाई दण्डित गर्न कानून संशोधन गर्ने एउटा विधेयकमा हस्ताक्षर गरेपछि टिकटकले कर्मचारीहरूको सुरक्षा तथा प्रयोगकर्ताहरुको संरक्षणको हितका लागि यस्तो गरेको बताईएको छ ।
टिकटकले भनेको छ -“हामीले प्रयोगकर्ताको सुरक्षालाई पहिलो स्थानमा राख्छौं र कानूनको प्रभावलाई विचार गर्दा सेवाहरू प्रदान गर्न बन्द गर्नुपर्छ।”

भिडियो पोस्टिंग बन्द गरिएपनि पोस्ट भएका भिडियो हेर्न तथा टेक्स्ट म्यासेजहरु हेर्न तथा सम्प्रेषण गर्न सकिने बताईएको छ । यस अघि भिसा/मास्टर क्रेडिट कार्डले रसियामा सेवा स्थगन गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार