टोकियो/जापान । जापानमा हुनुहुन्छ या जापानको बारेमा जानकार हुनुहुन्छ भने तपाईलाई अवश्य थाह छ, कि जापानको साकुरा फुल्ने समय( वसन्त ऋतु) अत्यन्तै सुन्दर समयका रुपमा लिने गरिन्छ । खासगरि कोरोना महामारी सुरु हुनुअघि जापानमा फेब्रुअरी मध्यबाट अप्रिल पहिलो सातासम्म आन्तरिक तथा बाह्य पर्यटकहरुको अत्यन्तै धेरै तहलपहल समेत हुने गर्दथ्यो ।

साकुरा( जापानी राष्ट्रिय फूल- एक प्रकारको चेरी जातको रुख)फूल्ने समय,जाडो महिना सकिएर गर्मी सुरुवात हुनुअघिको न्यानो र आनन्ददायक समय हो । यहाँ यस समय साकुरा उत्सबनै मनाईन्छ । फुलेका साकुराका रुख मुनी, आफन्त, परिवार तथा साथीभाईहरुसंग बसी रमाईलो भेटघाट तथा खानपिन गर्ने पुरानो संस्कार वर्षौँ अघि देखि चलिएको छ । जसलाई ओहानामी(お花見)को नामले बुझ्ने गरिन्छ । वर्षभरि अरुबेला नभेटेका आफन्त/परिवारका सदस्य तथा साथीभाईहरुसंग पनि हानामीको समयमा भेट्ने अपेक्षा गरिन्छ ।

यो वर्ष पनि विस्तारै जाडो महिना सकिएर साकुरा फुल्ने सिजनको सुरुवात भईसकेको छ । यद्यपी अहिले भने छिटो फूल्ने जाताका खावाजाकुराहरु मात्रै फुल्ने गर्दछन् । अव विस्तारै यो महिनाको मध्ये र अन्त्यसम्ममा जापानका अधिकांस स्थानहरु साकुरामय बन्ने गर्दछन् ।
साकुरा( 桜) नेपालमा पाईने पैँयुकै एक प्रजाती हो । कतिपयले कहिँ कतै साकुरा वर्षौँ पहिले नेपालबाटै जापान ल्याईएको हो भनेर भन्ने गरेको पनि सुनिन्छ ।तर त्यसको आधिकारिकता र हाल जापानमा फुल्ने/फुलाईने साकुराका विच त्यतिधेरै नजिकको सम्बन्ध भने देखिदैन । किनकि जापानका साकुराहरु चेरी प्रजातीका विभिन्न हाईब्रिड गरिएको रुखहरु हुन् । तर एउटा कुरा के चाहीँ सत्य हो भने, साकुरा जापानको मौलिक फूल भने होईन ।

आउनुस् अघिल्लो वर्ष, नेपालन्युजपोस्टका लागि राजन गौतमले टोकियोका विभिन्न स्थानमा खिचेका साकुराका तस्बरहरु हेरौँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




