टोकियो/जापान । आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभर विविध कार्यक्रमहरु आयोजना गरि भव्यताका साथ मनाईदैछ । यो नारी दिवसको अवसरमा आज हामी जापानका केहि उत्प्रेरणाशील नारी पात्रहरुको बारेमा जानकारी प्रस्तुत गर्दैछौ । जापानमा आफ्नो कर्मले नाम स्थापित गराउन सफल थुप्रै नारी प्रतिभाहरु छन्। आउनुस् केहि नारीहरु र उनिहरुको कर्मलाई एकैछिन् नियालौँ ।
१.नाओमी खावासे
यिनी जापानी फिल्म निर्देशक हुन् । जापानको अधिकांस क्षेत्रहरुमा पुरुषहरुको हालीमुहाली छ । त्यसमा पनि फिल्म क्षेत्रमा त झन् त्यो समस्या अधिक छ । यसैविचमा खावासे त्यस्ती जापानी महिला निर्देशक हुन् जसले पुरुषहरुभन्दा अग्र स्थानॉा पुग्न सकिन् । उनि विश्वभर चिनिने जापानी महिला चलतित्र निर्देशक हुन् । उनका हिरोकाजु कोरे एदा तथा मामोरु होसोदा सम्मानित चलचित्रहरु हुन् । उनले जापानमा चलचित्र क्षेत्रमा नारीहरुलाई अवसर पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

२.मोए, किमोनो मम्
किमोनो मम् जसलाई उनका फ्यानहरुले मोए भनेर पनि सम्बोधन गर्ने गर्दछन् । यिनि जापानी खानाका परिकारहरुबारेको युट्युब च्यानलमा आफ्ना सिर्जनाहरु पस्किने गर्दछिन् । उनले यो च्यानल मार्फत, भिडियो अपलोड गर्न थालेको २ वर्ष पनि भएको छैन । तर १.१७ मिलियन भन्दाबढी मानिसहरुले सब्सक्राइब गरिरसकेका छन् । यिनले जापानका महिलाहरुलाई अनलाईन भिडियोहरुमा सम्भावना खोज्न पछिल्लो पुस्तालाई उत्प्रेरित गरिरहेकी छिन् ।

३.कोकोमो मुरासे
उत्तरी जापानको होक्काईदो निवासी कोकोमो मुरासे खेल प्रेमीहरुको माझ नयाँ नाम होईन । उनि सन २०१८ मै विश्वकै सबैभन्दा कान्छी स्नोवोर्ड खेलाडीको रुपमा गोल्ड मेडल जित्न सफल खेलाडी हुन्। जतिखेर उनको उमेर केबल १३ वर्षको थियो । उनले यस वर्षको बेईजिङ विन्टर ओलम्पिकमा पनि कास्य पदक जित्न सफल भएकी छिन् ।उनि जापानी महिला खेलाडीहरुको आधुनिक हौसलाको रपमा स्थापित छिन् ।

४.नाचुको सोजी
यिनि जापानी महिला सेफ हुन् । उनि अघिल्लो महिना मात्रै वर्ल्डस् बेस्ट रेस्टुरेन्ट अवार्डबाट सम्मानित भएकि थिईन् । उनि यस अघि पनि सम २०२० मै एसियन बेस्ट पास्ट्री सेफको रुपमा सम्मानित भएकी थिईन् । नाचुका आधुनिक जापानमा महिलाहरुलाई रेस्टुरेन्ट क्षेत्रहरुमा आउन र यसको सम्भावना खोज्न उत्प्रेरित गर्ने जापानी नारी हुन् ।

जापानमा पछिल्ला समय समाज/ व्यवसाय/जागिर तथा राजनीतिक क्षेत्रहरुमा महत्वपूर्ण योगदान दिने अन्य थुप्रै नारीहरु छन् । यद्यपी हामीले आज यहाँ प्रस्तुत गरेका नामहरु भने पछिल्लो १ वर्षको आसपासमा चर्चामा रहेका पात्रहरु मात्रै हुन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




