टोकियो/जापान । जापानले आफ्नो प्रतिबद्धता अनुसार विस्थापित युक्रेनीहरुलाई स्विकार्न सुरुवात गरेको छ ।आज ( मार्च ८ तारिख) युक्रेनबाट विस्थापित ८ जनालाई स्विकार गरिएको न्याय मन्त्रालयले बताएको छ ।

जापानले रुसि आक्रमणबाट विस्थापित भएका युक्रेनीहरुलाई स्विकार्ने यस अघिनै घोषणा गरिसकेको छ । सोहि अनुरु जतिसक्दो छिटोभन्दा छिटो जापान प्रवेश गराउने तयारी गरिरहेको बताईएको छ ।

जापानमा वसोवास गरिरहेका १९ सय जना युक्रेनीहरुको आफन्त तथा चिनजानका युक्रेनी नागरिकहरु सहित जापानमा कोहि नभएका तर शरण लिन चाहने सबै युक्रेनीहरुलाई शरण दिने जापान सरकारले घोषणा गरिसकेको छ । सरकारको घोषणासंगै जापानका विभिन्न व्यवसायिक ग्रुपहरुले शरणार्थीहरुको जिम्मेवारी बहन गर्ने घोषणा पनि गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार