टोकियो/जापान । धादिङ समाज जापानले यही मार्च २७ तारिक आइतबारको दिन टोकियोको इकेबुकुरोमा वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
समाजका अध्यक्ष दिनेश लोहनीका अनुसार,जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान गरौं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं ! भन्ने मान्यतालाई आत्मसात गरि जापान रेडक्रससंग समन्वय गरि उक्त कार्यक्रम गर्न लागिएको हो ।
अध्यक्ष लोहनीले कार्यक्रम आयोजना हुने स्थान र समयको निर्धारण, प्रचारप्रसार, सम्भावित रक्तदाताको सूची तयार हुँदै गरेको , उक्त रक्तदान कार्यक्रममा जापानी भाषामा समस्या हुनेहरूको लागि भाषा अनुवादकको समेत व्यवस्था गरेको बताए । समाजले जापानबासी सबैमा सहभागीताको लागि हार्दिक अनुरोध गरेको छ ।
विश्वभर फैलिएको कोरोना महामारीले गर्दा रक्तदान कार्यक्रम हरु स्थगन भएको र यसले गर्दा रगत व्यवस्थापनमा आएको समस्या आएकाले मानव सेवामा केहि सहयोग गर्ने उदेश्य सहित वृहत रक्तदान कार्यक्रममा आयोजना गर्न लागिएको हो ।
महासचिव विमल श्रष्ठका अनुसार, १६ वर्ष पुगेको ७० वर्ष नकाटेको,कुनै बिरामी परेर पछिल्लो ३ महिना देखि लगातार कुनै औषधि सेवन नगरेको, कुनै बिरामी मानिसबाट रगत लिइ आफ्नो शरिरमा नराखेको, ट्याटो कम्तिमा १ वर्ष पहिले खोपिएको, महिलाको हकमा महिनावारीको अवस्थामा औषधि सेवन नगरेको, गर्भिणी नभएको,बाहिरी मुलुकबाट जापान प्रवेश गर्नेहरुको हकमा कम्तिमा ४ हप्ता काटेको र कोरोना संक्रमित भएकाहरुको हकमा पुरा निको भएकोहरूले रक्तदानमा सहभागी हुनसक्नेछन् ।
कार्यक्रम
मिति -२०२२-०३-२७ आईतबार ११-१५बजेसम्म
स्थान-ईकेबुकुरो हिगासी गुची एकी माय
उक्त कार्यक्रम को बारेमा बिस्तृत बिबरण को लागी निम्न नम्बरमा सम्पर्क गर्न सकिनेछ।
सम्पर्क-
कृष्ण मगर -90 6530 7691
दिनेश अधिकारी -90 6532 2083
गोकर्ण रुपाखेति-70 3849 7676
ओम कुमार श्रेष्ठ-70 3887 1840
बिमल श्रेष्ठ-90 1771 6067
दिनेश लोहनी -70 3526 3801
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




