टोकियो/जापान । रुसि आक्रमणबाट बिस्थापित भएका युक्रेनीहरु पोल्याण्ड हुँदै जापान आउनेक्रमले तिब्रता पाएको छ ।
केहिद्न अघि ८ जना बिस्थापित युक्रेनीहरु जापान प्रवेश गरेर सुरुवात भएको यो क्रममा हिजो ( मार्च १० ) मा फेरि ३ जना युक्रेनीहरु सकुशल जापानको हानेदा विमानस्थल आईपुगेका छन् । जापान सरकारले यस अघि नै युक्रेनी शरणार्थीहरुलाई स्विकार गर्ने घोषणा सहित आवश्यक प्रकृया अघि बढाई सकेको छ ।

देशमा दुस्मनहरुको आँखा लागेपछि प्राण रक्षाका लागि अर्काको मुलुकमा शरण लिन बाध्य जापान आईपुगेका युक्रेनीहरुको आँखामा बाँच्न खुसी भन्दा पनि देशमा भईरहेको क्रुर आक्रमणको पिडा सयौँ गुणा बढि झल्किरहेको देखिन्छ ।

जापानमा आफ्नो छोरी बस्ने गरेकाले जापानमै शरण लिन आईपुगेका परिवारका ३ जना सदस्यले हानेदा एयरपोर्टमा अंगालो हालेर रोएको दृश्यले मानिसहरुको मनमा युक्रेनूहरुले अहिले भोगिरहेका दुखको बोध गराएको थियो ।

जापान सरकारले, हाल जापानमा बसोवास गरिरहेका सबै युक्रेनीहरुका परिवार तथा चिनजानका सम्पुर्ण युक्रेनी एवं जापानमा कोहि नभएता पनि शरण लिन चाहने सबैलाई ढोका खुला गरिदिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार