टोकियो/जापान । स्वास्थ्य श्रम तथा समाज कल्याण मन्त्रालयले जनाए अनुसार जापानमा अघिल्लो वर्ष २१ हजार ७ जनाले आत्महत्या गरेका छन् ।

आज स्वास्थ्य श्रम तथा समाज कल्याण मन्त्रालयले अघिल्लो वर्ष जापानभर आत्महत्या गर्नेहरुको अन्तिम तथ्यांक सार्वजनिक गरेको हो। उक्त डेटा अनुसार जापानमा अघिल्लो वर्षपनि आत्महत्या गर्नेहरुमा महिलाहरुको संख्या अधिक रहेको छ ।

सन २०२१ को यो संख्या,समग्रमा अघिल्लो वर्ष( सन २०२०)को तुलनामा भने ०.४ प्रतिशत यानेकी ७४ जनाले कमि हो । जापानमा पछिल्लो एक दशक देखि आत्महत्याको घटना निरन्तर घट्दै आएको भएपनि सन २०२० मा मात्रै केहि बृद्दि भएको थियो ।

अघिल्लो वर्ष जापानभर कुल १३ हजार ९ सय ३९ जना पुरुषहरुले आत्महत्या गरेका छन् । यो सन २०२० को सोहि अवधीको तुलनामा १ सय १६ ले घटेको हो । त्यस्तै सन २०२१ मा जापानभर कुल ७ हजार ६८ जना महिलाहरुले आत्महत्या गरेका छन् । यो संख्या सम २०२० को सोही अवधीको तुलनामा ४२ जनाले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार