टोकियो/जापान । जापानमा हिजो राती गएको ७.३ म्याग्निच्युडको भुकम्पका कारण हालसम्म ३ जना मानिसहरुको निधन भईसकेको छ भने, विभिन्न प्रान्तहरुमा गरि २ सय जनाभन्दा बढी मानिसहरु घाईते भएका छन् ।
तोहोकु क्षेत्रका फुकुशिमा तथा मियागी प्रान्तमा २वर्ष यताकै ठूलो मापन गरिएको भुकम्पका कारण जारी सुनामी चेतावनी भने अहले हटाईएको छ । सुनामीले खासै कुनै भौतिक तथा मानविय क्षति गरेको खबरहरु सार्वजनिक भएका छैनन् ।
फुकुशिमा तथा मियागी प्रान्तका केहि घरहरु तथा सडकहरु भत्किएका छन् । भुकम्प पश्चात तुरुन्त उद्दार तथा क्षति मापनमा क्रियाशील स्थानीय सरोकारवाला निकायहरु अझै उद्दार तथा क्षति विवरण संकलन गरिरहेका छन् । यो बिचमा पछिल्लो अपडेट अनुसार फुकुशिमा प्रान्तमा १ जना र मियागी प्रान्तमा १ जना गरि ३ जना मानिसहरुको मृत्यु भएको छ ।
फुकुशिमा तथा मियागी प्रान्त सहित केहि प्रान्तका केहि घरहरुमा अझै विद्युत आपुर्ति सुचारु हुन सकिरहेकोव छैन । टोकियो भित्रका करिब ७४६ वटा ट्राफिख लाईट्सहरु बन्द भएका छन् । टोयोटा ईवाते तथा टोयोटा मियागीका केहि उत्पादनहरु बन्द भएका छन् । केहि ट्रेनलाईनहरुमा विद्युत आपुर्ति तथा लिकमा समस्या भएकाले रेलहरु ढिला तथा मर्मततो क्रममा रहेका छन्। ।
भुकम्प पश्चात तुरुन्त आकस्मिक बैठक बसी तत्काल उद्दार तथा क्षतिको विवरण संकलनमा सम्बन्धित निकायलाई परिचालन गरिसकेका प्रधानमन्त्री किशिदाले भुकम्पका कारण ज्यान गुमाउनेहरु प्रति श्रद्धांजली व्यक्तगर्दै शोकतन्प परिवारहरुमा गहिरो दुख व्यक्त गरेका छन्।यस्ता भुकम्पहरुको पराकम्प एक सातासम्म रहने भन्दै सबैलाई थप सतर्कता अप्नाउन आग्रह पनि गरेका छन् । अझै थप अपडेटका लागि हेर्दै गर्नुहोला www.nepalnewspost.com
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




