टोकियो/जापान । जापानको फुकुशिमा र मियागीमा १६ तारिख राती गएको भुकम्पको पराकम्पहरु निरन्तर जारी रहेको भन्दै, पुनः कम्पन तथा सुनामीको खतराप्रति सतर्कता अप्नाउन आग्रह गरिएको छ ।

१६ तारिख राती ७.४ म्याग्निच्युडको भुकम्पको कारण फुकुशिमा तथा मियागी प्रान्तमा केहि मानविय तथा भौतिक क्षति गरेको थियो । कम्तिमा पनि अक सातासम्म पुनः ७ म्याग्निच्युडको भुकम्प आउन सक्ने अनुमान सहित विज्ञहरुले सम्भावित कम्पन तथा सुनामीको खतराप्रति सचेत हुन सबैलाई आग्रह गरेका छन् ।

भुकम्पको कारण, ३ जनाको मृत्यु भईसकेको छ भने,२२६ जना घाईतेहरु पुष्टि भएका छन् । उनिहरु मध्ये कतिपय घर भत्किएर तथा लडेर मृत्यु तथा घाईते भएका हुन् । जापानमा हरेक वर्ष साना ठूला हज्जारौँ भुकम्पहरु जाने गर्दछन् । यद्यपी फुकुशिमा र मियागी प्रान्त यो लेभलको ठूलो भकम्पको धक्का पछिल्लो २ वर्ष यता महशुस नगरिएको बताईएको छ ।

कहिले कहीँ भुकम्पका पराकम्पहरु केहि महिना पछि पनि ई
आउनसक्ने भएकाले फुकुशिमा/ मियागी संगै जापानभर सबै ठाउँमा आवश्यक पुर्वतयारीहरु गर्नका लागि आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार