शनिबार बिहान मेरो फेसबुकको ईनबक्समा एउटा म्यासेज आएको रहेछ । एकजना जापान बस्नु हुने शुभचिन्तकले एउटा जापानी कम्पनीको स्पोन्सर कन्टेन्टमा देखिएका ढाका टोपीमा सजिएका एक जापानीक बारेमा जिज्ञासा रहेछ । फोटो यो थियो ।

यो फोटोले मलाई पनि आकर्षित गर्यो। एकैछिनमा केडिडिआईको साईट खोलेँ र उनको बारेमा मोटामोटी थाह पाएँ । पछि मेरो सामाजिक संजालमा पनि उक्त स्पोन्सर कन्टेट देखियो।

अलि जिज्ञासा लाग्यो र हेर्दै गएँ, खासमा कुरो यस्तो रहेछ। ।
यो ढाका टोपीमा चिटिक्क परेका व्यक्ति केडिडिआई( KDDI)को नेपालमा आईसीटी शिक्षा सपोर्ट कार्यक्रमको जिम्मेवारी पाएका नाखायामा योशिहिरो रहेछन् । उनि, न्यूयोर्क र हङकङमा KDDI को ग्लोबल डाटा सेन्टर “TELEHOUSE” मा विश्वव्यापी सञ्चालन र मर्मतसम्भार कार्यमा संलग्न भई काम गरेसंगै , अहिले KDDI फाउन्डेशनमा आवद्ध रहेछन् ।उनि मुख्यतया मङ्गोलिया र नेपाल जस्ता एशियाली देशहरूमा आईसीटी प्रयोग गरी अन्तर्राष्ट्रिय सहयोग परियोजनाहरू सञ्चालन गर्ने योजनाको जिम्मेवारी सम्हाल्दा रहेछन् ।
केडिडि आई फाउन्डेसन मार्फत, उनले नेपालमा आईसिटीको ज्ञान र सिप प्रबद्धन गर्ने उदेश्य राखेर एउटा परियोजना संचालन गर्न गईरहेका रहेछन् । यो त्यसैको जानकारी रहेछ । तर यसरी जापानमा रहेका नेपालीहरु लक्षित गरि यसलाई स्पोन्सर गराउनुको खास उदेश्य प्रष्ट नभएपनि, जापान सहित विश्वका ५० भन्दा बढी मुलुकमा विस्तार भएको सुचना प्रविधि कम्पनी केडिडिआई( जापानमा एयु मोबाईल फोन सेवा प्रदायक कम्पनी)को केडिडि आई फाउन्डेसनले नेपालमा पनि सुचना प्रविधिको क्षेत्रमा सहयोग परियोजना संचालन गर्दै रहेछ है भन्ने जानकारी चाहीँ दिन खोजेको बुझियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




