टोकियो/जापान । जापानमा वसन्त ऋतु अत्यन्तै रमाईलो सिजन हो । त्यसो त वसन्त ऋतु सबैतिर राम्रो नै हुने गर्दछ। ।

जापानको वसन्त ऋतु विशेष हुनुमा चाहीँ साकुरा( 桜) जापानी राष्ट्रिय फूल ( नेपालको पैयूऑ जस्तै लाग्ने चेरिको एक प्रकार) ले गर्दा। ।हो जापानमा साकुरा सिजन अत्यन्तै सुन्दर र मनमोहक हुने गर्दछ ।

जापानमा साकुरालाई यति धेरै प्रवर्द्धन गरिएको छ कि, सिजनमा हरेक पार्क र सडक किनारहरुमा फुलेको देख्न सकिन्छ । तर केहि पार्कहरु चाहीँ साकुरा विशेष नै हुन्छन् ।जापानमा यो वर्ष पनि साकुरा फूल्न सुरु भईसकेको छ ।

यस वर्ष टोकियोमा मार्च २६ तारिखबाट अप्रिल २ सम्म,नागोयामा मार्च २६ तारिखबाट अप्रिल ४ तारिखसम्म,क्योटोमा मार्च २९ तारिखदेखि अप्रिल ६ तारिखसम्म,फुकुओकामा मार्च २१ तारिखदेखि मार्च ३० सम्म,ओसाकामा मार्छ २९ तारिखबाट अप्रिल ५ तारिखसम्म,साप्पोरोमा अप्रिल २८ तारिखदेखि मे १ तारिखसम्म फुल्ने अनुमान गरिएको छ । यि उल्लेखित समयमा पुर्णरुपमा फुलेर अत्यन्तै आकर्षक अवस्थामा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार