In this photo released by Cambodia's Government Cabinet, Cambodian Prime Minister Hun Sen, right, poses for photographs together with his Japanese counterpart Fumio Kishida at Peace Palace, in Phnom Penh, Cambodia, Sunday, March 20, 2022. Japanese Prime Minister Fumio Kishida was in Cambodia for talks with his counterpart, Hun Sen, on Sunday to deepen relations with one of the Southeast Asia's closest partners of both China and Japan. (Phal Sophup/Cambodia's Government Cabinet via AP)

टोकियो/जापान । विदेश भ्रमणका क्रममा कम्बोडिया पुगेका जापानी प्रधानमन्त्री फुमिओ किशिदाले कम्बोडियामा ४२ करोड ९० लाख डलर आर्थिक साहयता उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री किशिदाले कोभ्याक्स खोप कार्यक्रम मार्फत कम्बोडियालाई १३ लाख डोज खोप उपल्ब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन् । उनि भारतीय प्रधानमंत्री नरेन्द्र मोदीसंगको भेटवार्ता पछि हिजो कम्बोडिया पुगेका थिए ।

हिजो नै कम्बोडिया पुगेका प्रधानमन्त्री किशिदाले यस पटक कम्बोडियाली समकक्षी प्रधानमन्त्री हुन सेनसंगको शिखर वार्ताको क्रममा दिईदेश विचको व्यापार प्रवद्धन तथा अन्य विविध क्षेत्रका थुप्रै सहयोग सम्झौताहरु गरेका छन् ।

यसैक्रममा अनुदान बाहेक पनि जापानले कम्बोडियालाई ३७ करोड ८० लाख डलर बराबरको ऋण साहयता प्रदान गर्नेछ । यसका अलवा अन्तराष्ट्रिय संगठनहरु मार्फत ५ करोड डलर अनुदान पनि दिनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार