टोकियो/जापान । जापान सरकारले आज पहिलो पटक विद्युत अभाव हुने चेतावनी जारी गरेको छ । यहि मार्च १६ तारिखमा गएको ७.४ म्याग्निच्युडको भुकम्पका कारण अझै पुर्णरुपमा विद्युत आपुर्ति सुरु नभईसकेको अवस्थामा मंगल एक्कासी बढेको चिसोका कारण देशभर हिटर तथा तापीय उपकरणहरुको खपत बढ्न गई विद्युत माग कुल आपुर्ति क्षमता भन्दा अधिक भएपछि यस्तो चेतावनी जारी गरिएको हो ।
आज बिहानैबाट बिजुलीको माग बढ्दै गएको छ । सरकारले टोकियो इलेक्ट्रिक पावर कम्पनीका विद्युत आपुर्ति हुने टोकियो तथा अन्य ८ वटा प्रान्तका घरपरिवार तथा व्यवसायहरूलाई सकेसम्म बिजुली बचत गरी सहयोग गर्न आह्वान गरिरहेको छ ।
माग बढ्दै गई आपुर्ति क्षमता भन्दा अधिक भएमा ओभर लोडका कारण विद्युत आपुर्ति रोकिन सक्नेछ । चिसो संगै वर्षा तथा हिमपात पनि भईरहेकाले वैकल्पिक उर्जाहरुको जोहो पनि हुन नसक्ने भएकाले विद्युत प्रवाहमा समस्या सिर्जना हुनसक्ने आँकलन गरिएको हो ।
जापानले सन २०११ को भुकम्प तथा सुनामी पश्चात विद्युत अभाव चेतावनी जारी गर्न सकिने व्यवस्था कायम गरेको छ । यद्यपी त्यस पश्चात यसरी उपभोक्ताहरुलाई विद्युत अभाव हुनसक्ने चेतावनी जारी गर्नुपरेको थिएन । त्यसो टोकियो ईलेक्ट्रिसिटी पावर कम्पनीले मात्रै नभई तोहोकु ईलेक्ट्रिसीटि पावर कम्पनीले पनि विद्युत खपतमा किफायती गरिदिन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




