जापान । उत्तर कोरियाले एउटा प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्र (आईसीबीएम) को परीक्षण गरेको दक्षिण कोरिया तथा जपानले जनाएका छन्।सन् २०१७ यता पहिलो पटक उसले आईसीबीएमको परीक्षण गरेको हो।
जापानी अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्र अनुमानित १,१०० किलोमिटर टाढासम्म उडेको थियो।एक घण्टाभन्दा बढी समय उडेको उक्त क्षेप्यास्त्र जापानी जलक्षेत्रमा खसेको थियो।त्यस्तो प्रकारको क्षेप्यास्त्रले हजारौँ किलोमिटरको यात्रा गर्न सक्छ जस्को अर्थ हो सैद्धान्तिक रूपमा त्यो क्षेप्यास्त्र अमेरिकासम्म पुग्न सक्छ।
उत्तर कोरियाले पछिल्ला साताहरूमा एकपछि अर्को क्षेप्यास्त्रको प्रक्षेपण परीक्षणहरू गरेको छ।तीमध्ये केही प्रक्षेपण आईसीबीएम प्रणालीको परीक्षणको रूपमा रहेको दक्षिण कोरिया र अमेरिकाले बताएका छन्।उत्तर कोरियाले भने ती गतिविधिहरू भूउपग्रह प्रक्षेपण भएको दावी गरेको छ।
संयुक्त राष्ट्रसङ्घले बलिस्टिक क्षेप्यास्त्र तथा परमाणुअस्त्रहरूको परीक्षण गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ।यसअघि उत्तर कोरियाले गरेका त्यस्ता परीक्षणलाई लिएर राष्ट्रसङ्घले उसमाथि प्रतिबन्धहरू पनि लगाएको छ।
उत्तर कोरियाली नेता किम जङ-अनले तात्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको वार्तापछि प्योङयाङले लामो दूरीका क्षेप्यास्त्र परीक्षणलाई अस्थायी रोक लगाएको थियो।तर सन् २०२० मा किमले आफू उक्त वाचालाई निरन्तरता दिन बाध्य नरहेको बताएका थिए।
सन् २०१७ मा उत्तर कोरियाले आईसीबीएम- ह्वासङ-१२- परीक्षण गरेको थियो जुन ४,५०० किलोमिटरसम्म पुगेको थियो। ह्वासङ-१४ अझ बढी अर्थात् ८,००० किलोमिटरसम्म पुगेको थियो।
संयुक्त राज्य अमेरिका, रुस र चीनसँगमात्रै यस्तो क्षमताको जमिनबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र रहेको छ।
विज्ञहरूले सन् २०१७ को क्षेप्यास्त्र नियमित बाटोअनुसार अघि बढेको भए त्यो १३,००० किलोमिटरसम्म पुग्न सक्ने र त्यसको अर्थ अमेरिकाको मूलभूमिको कुनै पनि क्षेत्रमा त्यो पुग्नसक्ने अनुमान गरेका बताइएको छ।
यसै महिना केहीअघि उत्तर कोरियाको पङगि-री परमाणु परीक्षण केन्द्रमा विभिन्न गतिविधि भइरहेको भूउपग्रहबाट खिचिएका तस्बिरले देखाएको थियो।
त्यसपछि प्योङयाङले परमाणु अस्त्र र लामो दूरीका क्षेप्यास्त्र परीक्षण पुनः आरम्भ गर्न सक्ने आशङ्का व्यक्त गरिएका थिए।
देशको उत्तर पूर्वमा अवस्थित उक्त केन्द्र सबै परमाणु परीक्षण स्थगित गर्ने किमको घोषणा पछि सन् २०१८ मा नष्ट गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




