टोकियो/जापान । जापानको राजधानी टोकियोको शिवुया वार्डमा रहेको केहि वर्षअघि मात्रै संचालनमा आएको ४७ तला अग्लो भवन शिवुया स्क्र्याम्बल स्क्वायरबाट खसेक एक जना मानिसको मृत्यु भएको छ ।

२७ तारिख साँझ ५ः३० बजेतिर टोकियोको शिबुया वार्डमा रहेको ठूलो कम्प्लेक्स “शिबुया स्क्र्याम्बल स्क्वायर” अगाडिको सडकमा, “मानिस खसेको छ” भनेर प्रहरीलाई ११० औं फोन गरिएको र त्यहाँ प्रहरी पुग्दा २०-३० वर्ष उमेर समूहको केटा मान्छे मृत अवस्थामा भेटिएको र ति खसेको मान्छेको शरिरको केहि भागले उक्त सडकमा रहेकी अर्की एक बालिकालाई ठोक्किदा ति बालिका पनि घाईते भएको अवस्थामा भेटिएको जापानी संचार माध्यमले जनाएका छन् ।

समाचारमा जनाईए अनुसार, उक्त घटना घट्नु केही समय अगाडि एक व्यक्तिले उक्त भवनको ४६ औं तलाबाट माथिल्लो तलामा जाने सिँढीहरुमा आफ्नो सामान बाहिर फ्याँकिरहेको देखिएको थियो । घटनाको प्रकृति हेर्दा उनले आत्महत्या गरेको पनि हुनसक्छन् ।प्रहरी तथा उक्त भवन प्रशानसनले ती व्यक्तिको पहिचान जाँच गरिरहेको छ।

४७ तले गगनचुम्बी भवन शिबुया स्क्र्याम्बल स्क्वायर सन २०१९ को नोभेम्बरबाट संचालनमा आएको थियो । यो सिबुया स्टेशनमा सिधै जोडिएको छ र यसमा विभिन्न व्यावसायिक सुविधाहरू रहेका छन् । घटना पश्चात शिबुया स्क्र्याम्बल स्क्वायरमा अवलोकन सुविधा अस्थायी रूपमा बन्द गरिएको छ। यो भवनको ४६ औं तलामा इनडोर अवलोकन करिडोर र छत क्षेत्र रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार