टोकियो/जापान । जापानमा गत महिना राष्ट्रिय बेरोजगारी दर २.७% कायम भएको छ ।यो संख्या अघिल्लो महिनाको तुलनामा ०.१ अंकको सुधार भएको हो ।

झिनो मात्रामा भएपनि बेरोजगारीदर घट्नेक्रममा छ, यद्यपी, कोरोना संक्रमण महामारी निर्मुल हुन नसक्दा,होटल तथा रेस्टुरेन्ट लगायतका उद्योगहरु बन्द हुनेक्रम अझै बढ्दै गएको छ । आन्तरिक मामिला तथा संचार मन्त्रालयका अनुसार,कोरोना महामारी कायमै रहेकाले भविष्यमा रोजगारीमा सिर्जनमा थप नकारात्मक असर नपरोस भनेर अझै थप सोच्नुपर्ने अवस्था रहेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार गत महिना कर्मचारी संख्या जम्मा ६ करोड ५८ लाख रहेको थियो । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३ लाख ५० हजार जनाले घटेको हो ।

त्यस्तै मान्त्रालयको अनुसार, अघिल्लो महिना जापानभरका बेरोजगारको संख्या १८ लाख रेहेको थियो, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १ लाख ५० हजारले घटेको हो ।परिणामतः मौसमी उतार-चढावका कारकहरू बाहेक राष्ट्रव्यापी बेरोजगारी दर २.७% रह्यो, जुन अघिल्लो महिनाको तुलनामा ०.१ अंकको सुधार देखिएको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार