टोकियो/जापान । हरेक वस्तु तथा सेवाहरुको मूल्य वृद्धि भईरहेको जापानमा अब, रेलको भाडामा पनि महंगी बेहोर्नुपर्ने भएको छ ।
जापानको पूर्वीक्षेत्रमा रेल सेवा संचालन गर्दै आएको प्रमुख रेल कम्पनी जे आर हिगासी निहोनले आउँदो वर्षको वसन्तबाट लागु हुनेगरी, यामानोते लगायतका मुख्य रेलमार्गहरुमा भाडा बढाउने भएको छ । यसरी भाडा बढाउने निर्णय गरेको जेआर हिगासी निहोनले साविकको मूल्यमा १० येन बढाउने बताएको छ । यस्तै मासिक टिकट( 定期券)लिनेहरुले पनि प्रति ६ महिनामा १ हजार ४ सय २० येन बढि तिर्नुपर्नेछ । यानेकी वार्षिक २ हजार ८ सय ४० येन महंगो भाडा तिर्नुपर्ने छ ।
बढेको भाडा सन २०२३ को मार्च देखि कार्यन्वयन हुनेछ । विद्यार्थीहरुको लागि भने भाडा बढ्नेछैन । जे आर हिगासी निहोनले अर्को वर्षबाट भाडा बढाउने योजना र मूल्य सहित आज सरकारलाई औपचारिक जानकारी गराएको हो ।
जेआर हिगासी निहोनले यसरी वृद्धि गरेको भाडा, मानिसहरु रेलमार्गमा खस्नबाट बचाउन प्लेटफर्मको ढोका जडानको कामको लागि प्रयोग गर्नेछ ।जापानका रेलका प्लेटफर्महरुमा बार नहुँदा वर्षेनी सयौँ मानिसहरु झुक्किएर या धकेलिएर रेलमार्गमा खस्न पुगी मृत्युको मुखमा पुग्ने गरेका छन् । खासगरी अत्यन्तै व्यस्थ रहने टोकियाका प्लेटफर्महरुमा यो समस्या अधिक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




