टोकियो/जापान । बाग्लुङ समाज जापानको आयोजनामा टोकियोमा सोमबार दोश्रो खुला रनिङ कप पुरुष भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।
नेपालीहरुको प्रमुख पर्व चैतेदसैंको अवसरमा आयोजित भलिबलको बिजेता गल्कोट समाज जापान भएको थियो । भने अघिल्लो बर्ष भएको पहिलो रनिङ कपको बिजेता गल्कोट स्पोर्ट क्लब टोकियो उपबिजेता बन्न पुगेको थियो । त्यस्तै तल्लो लमाई समाज जापान र ताराखोला समाज जापानले सान्त्वना स्थान हासिल गरेका थिए ।
नौ टिमको सहभागिता रहेको भलिबल प्रतियोगितामा प्रथम हुने गल्कोट समाजले नगद २ लाख ८५ हजार ५ सय ५५ येन मेडल र प्रमाण-पत्र, द्वितीय हुने गल्कोट स्पोर्ट क्लबले नगद १ लाख ८५ हजार ५ सय ५५ येन मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुई टिम तल्लो लमाई समाज जापान र ताराखोला समाज जापानले सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र प्राप्त गरेका थिए ।
नेपालको राष्ट्रिय खेल भलिबललाई चैतेदसैंको अवसरमा प्रवाशमा रहेका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको र यही अवसरमा बिशेष प्रस्तुतिको रुपमा मौलिक पञ्चेबाजा समेत रहनाले कार्यक्रमको सोभा थप बढेको समाजका कार्यवाहक अध्यक्ष यमकान्त कंडेलले बताउनुभयो ।
प्रतियोगितामा बेष्ट प्लेयर गल्कोट समाजका राजन मल्ल , बेष्ट स्पाईकर गल्कोट स्पोर्टका रेशम बस्नेत , बेष्ट डिफेण्डेर गल्कोट समाजका मनोज केसी ,बेष्ट सेटर गल्कोट स्पोर्टका महेन्द्र साहनी र बेष्ट कोच अन्तर्गत गल्कोट समाजका लोकेश खत्रीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिएको थियो ।
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय समितिका उप-संयोजक ददिवल खड्काको प्रमुख आतिथ्यता, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल बरिष्ठ उपाध्यक्ष नबिन निउरे ,महासचिब तथा समाजका निवर्तमान अध्यक्ष सिद्धार्थ श्रेष्ठ लगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष यमकान्त कंडेल ,संचालन महासचिब राजु केसी र स्वागत सचिब सुनिता श्रीस मगरको रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




