टोकियो/जापान । विश्वभर लोकप्रिय स्मार्टफोन निर्माता कम्पनी सामसुङले पहिलो पटक समुद्रमा माछा मार्न प्रयोग गरिने जालको पुनःप्रयोग गरि नयाँ स्मार्टफोन Galaxy S22 सिरिज बजारमा ल्याएको छ ।

कोरियाली इलेक्ट्रोनिक्स निर्माता,सामसुङ ईलेक्ट्रोनिक्सले आफुहरुले समुद्रको समस्या बनेको प्लास्टिकको जालीहरुको पुन प्रयोगगरी संसारको पहिलो दिगो स्मार्टफोन बनाएको घोषणा गरेको हो ।

विश्वभर हरेक वर्ष समुद्रहरुमा ६४ टन त्यस्ता प्लास्टिकका जालीहरु प्रयोग बिहिन हुने गरेकोमा यो वर्ष ५० टनभन्दा बढी त्यस्ता जालीहरु प्रयोग गरी स्मार्टफोन बनाउने सामसुङ् इलेक्ट्रोनिक्सले जनाएको छ । प्लास्टिक जन्य फोहोर विश्वभर ठूलो समस्या बन्दै आएको वर्तमान परिस्थितिमा सामसुङले पुन प्रयोग गरि प्लास्टिक जन्यफोहोर व्यवस्थापन गर्दै नयाँ नयाँ सामानहरु बनाउने योजना बनाएको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार