जापान । जापान सरकारद्वारा मुलुकमा बढ्दो कामदार अभावलाई पुर्ति गर्ने उदेश्य सहित विदेशी कामदारहरू स्वीकार गर्न ल्याईएको तोकिएको सीप प्रणाली (特定技能 2号) को व्यबस्था नम्बर २ अन्तरगत पहिलो पटक १ जना विदेशी नागरिकले भिसा प्राप्त गर्न सफल भएको बताईएको छ ।

जापान सरकारले तोकुतोई गिनोउ( 特定技能- तोकिएको सीप प्रणालीलाई १ र २ नम्बरमा विभाजन गरि भिसा दिने व्यवस्था गरेको छ । १ नम्बर अन्तर्गत धेरै विदेशीहरु जापान आईसकेको भएता पनि, तोकुतेई गिनोको २ नम्बर अन्तर्गत भने पहिलो पटक गिफु प्रिफेक्चरको काकामिगाहारा सहरको एक निर्माण कम्पनीमा काम गर्ने चिनियाँ नागरिक ३५ वर्षिय ओकिबा नामका व्यक्ति योग्य भएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

“तोकुतेई गिनोउ नम्बर २” मा योग्य हुने विदेशी नागरिकले स्थायीरुपमा जापानमा काम गर्न सक्दछन् । ति चिनियाँले सो योग्यता हासिल गरेको बताईएको छ । भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयका अनुसार जापानमा नम्बर २ प्रमाणीकरण भएको यो पहिलो पटक हो ।

यस क्याटेगोरीमा योग्य हुने व्यक्तिले आफ्नो परिवारलाई पनि जापान बोलाउन सक्दछ । यसका साथै उसलाई जापानमा काम गर्न मन लागुन्जेल भिसा थप गरि काम गर्नसक्नेछन् । सरकारले अघिल्लो वर्ष, यस वर्षदेखि तोकुतेई गिनोउ १ नम्बरको लागि पनि समय सीमा हटाउने तथा परिवारलाई बोलाउन सक्ने सुविधा दिने व्यवस्था गर्ने संकेत गरेता पनि अझैसम्म त्यसबारे भने कुनै औपचारिक निर्णय भने गरेको छैन ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार