सिजुओका/जापान।जापानको सिजुओका प्रिफेक्चरमा भएको यसवर्षको नयाँ चियाको पहिलो कारोबारमा १ किलो चिया १९ लाख ६८ हजार येनमा बिक्री भएको छ ।

यहि १८ तारिख, सिजुओका प्रिफेक्चको सिजुओका सहरको आओईकु मा रहेको सिजुओका चिया बजारमा भएको बोलकबोलमा १ नयाँ १ किलो चियाले हालसम्मकै उच्च मूल्य प्राप्त गरेको हो ।

जापानमा हरेक वर्ष कृषि उपजको पहिलो बिक्री वितरण सुरु हुँदा सम्बन्धित कृषि बजारमा उक्त सिजनको उत्कृष्ट कृषि उपजलाई बोलकबोलमा राख्ने गरिन्छ । यसैक्रममा यो वर्षको पहिलो सिजनको चिया बजारमा सार्वजनिक गर्दै १८ तारिख सिजुओका चिया बजारमा ३५० जना जति क्रेता/विक्रेता तथा उत्पादकहरुको माझमा पहिलो कारोबार भएको थियो।

जापानको चिया बजारको ईतिहासमै महंगो मूल्यमा बिक्री भएको चिया जेए फुजी ईजुको “सायमी मिदोरी”नामको उत्पादन हो । जेए फुजी ईजुका प्रमुख सुजुकि शोसानले भने ” यो चियाको सुगन्ध साँच्चै अद्भुत छ र रंगहरू पनि जीवन्त छन् ।यो साँच्चै गज्जबको उत्पादन बनेको छ ।”


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार