November 17th, 2015. Tokyo, Japan. The Tokaido Shinkansen at Tokyo Station.

जापान । जापानको सार्वजनिक सवारी साधनको कुरा गर्दा बुलेट ट्रेन( 新幹線-सिनखानसेन)नम्बर १ रोजाईमा पर्नेगर्दछ ।जापानको बुलेट ट्रेन जापानी तथा जापानमा बसोबास गर्नेहरुको लागि मात्रै नभई विश्वभरका मानिसहरुको लागि एक फरक खालको छाप पार्न सफल सार्वजनिक सवारी साधन हो ।

खासगरी, जापानको बुलेट ट्रेन यसको द्रुत गती, समयनिष्ट र सुरक्षाका कारण सर्वाधिक चर्चामा रहँने गर्दछ । जापानको तोक्काईदो बुलेट ट्रेन जन्मा जम्मी २ घण्टा २५ मिनेटमा राजधानी टोकियोबाट सिन-ओसाका स्टेशनमा पुग्दछ ।यो ट्रेन प्रतिघण्टा २७० किलोमिटरको गतीमा कुद्नेगर्दछ । गज्जबको कुरा के हो भने यति तीब्र गतिमा गुड्ने ट्रेनको दुर्घटना दर अत्यन्तै न्युन छ । यो सेवा सुरुभएको ५० वर्ष पुग्दै गर्दा आजसम्म यात्रुहरुको मृत्यु हुनेगरी कुनै दुर्घटना भएको रेकर्ड छैन ।

गती र सुरक्षासंगै जापानी बुलेट ट्रेनहरुको अर्को प्रशंसनीय पाटो भनेको समयनिष्ठ यानेकी तोकिएको समयतालिकामा फरक नपरि निरन्तर सेवा दिनसक्नु हो । जम्मा ३/३ मिनेटको फरकमा छुट्ने अत्यन्तै व्यस्थ रुटहरुमा पनि ठ्याक्क/ठ्याक्क तोकिएको समयमा तोकिएको स्टेशनमा पुग्ने र छुट्ने गर्दछन् । सुन्दै अप्यात्यारिलो लाग्ने जापानको बुलेट ट्रेनहरुको वार्षिक औसत हिसाव गर्दा जम्मा ३० सेकेन्डसम्म ढिलो हुने गरेको छ । अव आफैँ सोचौँ कि यो कति प्रभावकारी सेवा होला !

जापानका ट्रेनहरुको यो उत्कृष्ट सेवाको कुरा गर्दा यहाँको प्रविधि विकास र यसको उपयोगलाई मुख्य श्रेय दिने गरिन्छ । तर वास्तवमा प्रविधिले मात्रै नभई ति प्रविधिको उपयोग गर्ने दक्ष,अनुभवी र लगनशील कर्मचारीहरुका कारण यो उत्कृष्ट सेवा सम्भव भएको हो । त्यसो त जापानको हरेक क्षेत्रमा कृयाशिल मानव संशाधनहरु अत्यन्तै दक्ष, ईमान्दार र लगनशिल हुन्छन् । त्यस मध्येमा पनि दैनिक लाखौँ मानिसहरुको जिवन बोकेर हिँड्ने सार्वजनिक सवारी त्यहि माथी बुलेट ट्रेन सेवामा आवद्दहरुलाई जिम्मेवारी र ज्ञानले थप दक्ष र योग्य बन्ने वातावरण कायम गरिएको छ, परिणामतः जापानको ट्रेन सेवा विश्वकै उत्कृष्ठ सेवाहरुमध्ये अग्रवंक्त्तीमा रहँदै आएको छ ।

जापानको रेलसेवालाई प्रविधिका अलवा प्रभावकारी र सुरक्षित बनाउने कारणहरुमा – दक्ष र लगनशील कर्मचारी,समयको सहि विश्लेषण,उच्चस्तरको सरसफाई प्रणाली,सुरक्षा परिक्षण तथा प्रभावकारी मर्मत संभार,हरेक पटक गरिने रेलमार्ग सुरक्षा परिक्षण आदिलाई लिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार