जापान । जापान सरकारले कोरोना महामारीका कारण आर्थिकरुपमा परेको असरलाई मध्यनजर गर्दै प्रदान गरेको कोरोना आर्थिक राहत रकमले यामागुची प्रिफेक्चरल सरकारलाई तनाव दिएको छ ।
खास घटना के भएको थियो त ?
यसै महिनाको ८ तारिख, यामागुची प्रिफेक्चरको आवु सहरमा बसोबास गर्ने ४ सय ६३ घर परिवारलाई १ लाख येनका दरले फरक-फरक बैंक ट्रान्सफर गरिनुपर्नेमा ट्रान्स्फर प्रणालीमा देखिएको खराबी तथा कर्मचारीको ( सम्भावित ) गल्तिका कारण सबै रकम( ४ करोड ६३ लाख येन )एउटै व्यक्तिको बैंक खातामा ट्रान्सफर हुन पुगेको थियो ।आवु सहर प्रशासनले यो कुरा पत्ता लाग्ने बित्तिकै भुलबस ट्रान्सफर भएको रकम फिर्ताके लागि पहल अगाडी बढायो । प्रकृया केहि झण्झटिलो भएता पनि जापान( सबै नागरिकहरुको डेटा चुस्त/दुरुस्त राख्ने) मुलुक भएकाले सजिलै फिर्ता होला भन्ने आँकलन गरिएको थियो । तर घटनाले नसोचेको मोडमा पुर्यायो, जसका कारण यामागुचि प्रिफेक्चरको आवु सहर प्रशासनलाई निकै असहज परिस्थितिबाट गुज्रिन बाध्य बनाईरहेको छ ।
के भयो त ?
आबु सहर प्रशासनले ति ४ करोड ६३ लाख येन ट्रान्सफर भएको खातावालाई सम्पर्क गर्ने प्रयास गर्यो, तर लगातार फोनसम्पर्क गर्दा पनि सम्पर्क नै भएन । पटक/पटक प्रयास गर्दा पनि फोन सम्पर्क नभएपछि आवु सहरका अधिकारीहरु उनको घरमै गए र त्यो सबै विवरण बताएर रकम फिर्ताको लागि अनुरोध गरे । तर उनले त्यो रकम आफ्ना खाताबाट अन्यत्र गईसकेको र अव त्यसलाई फिर्ता गर्न नसक्ने बतादिए ।
उनले रकम आफुसंग नभएको, कसैगरेपनि त्यो फिर्ता गर्न नसकिने बताउँदै रकम दुरुपयोगको पापको सजाय भोग्न आफु तयार भएको बताए । जसले सजिलै समाधान होला भन्ने आशा गरिएको घटना एकाएक अत्यन्तै जटिल समस्या बन्न पुग्यो।
अब, के हुन्छ त ?
अबु सहरले अब प्रहरी तथा अधिवक्ताहरुसंग छलफल गरेर, प्रकृया अघि बढाउने योजना बनाएको छ ।र घटना पश्चात उक्त नगरका मेयर हानादा भने, “यस्तो गम्भिर घटना घट्न पुगेकोमा म दुखी छु,सहकरबासीहरु समक्ष म इमानदारीपूर्वक माफी चाहन्छु।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




