आज दिउँसो, २६ यात्रु र चालक दलका सदस्यहरू सहितको पर्यटकिय डुङ्गाले जापानको होक्काईदो स्थित शिरेतो प्रायद्वीमा बाढीमा डुबेर बेपत्ता भएको छ ।हाल जापान कोस्ट गार्डले डुङ्गा र हेलिकप्टर मार्फत घटनास्थल वरपरको समुन्द्री क्षेत्रमा खोजी गरिरहेको बताईएको छ ।

राष्ट्रिय सुरक्षा एजेन्सीका अनुसार आज दिउँसो १ बजेर १५ मिनेको समयतिर एक दृश्यावलोकन गर्ने पर्यटकिय डुङ्गा काजु १ का चालक दलका सदस्यले शिरेटोको प्रायद्वीपको तटमा डुङ्गा डुब्न लागेको जानकारी गराएका थिए ।

जापान कोस्ट गार्डका अनुसार पर्यटक डुङ्गामा २ जना बालबालिकासहित २४ यात्रु, एक कप्तान र एक चालक दल सदस्य गरी जम्मा २६ जना यात्रु सवार थिए । चालक दल र यात्रुहरूले लाइफ ज्याकेट भने लगाएका थिए । यद्यपी दिउँसो १ः१५ बजेप्राप्त उक्त जानकारी पछि,उनिहरु सम्पर्कमा आएका छैनन् ।

जापान कोस्ट गार्डले उद्धारका पाँच गस्ती डुङ्गा र दुईवटा विमानको प्रयोग गरि खोजि गरिरहेको बताएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार