जापानको होक्काईदो स्थित सिरेतो प्रायद्वीपको सामुद्रमा हिजो दिउँसो १ः१५ बजेतिरबाट बेपत्ता भएको २ जना चालकदल सहितका २६ जना यात्रु सवार पर्यटकिय डुङ्गाका यात्रुमध्ये हालसम्म ७ जना फेला परेका छन् । उनिहरु सबै अचेत अवस्थामा रहेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

दृश्यावलोकन डुंगामा चढी घुम्न गएका २४ जना पर्यटकहरु सहित २६ जना मानिसहरु,हिजो मौसमी खराबीसंगै सामुद्रिक छालमा बेपत्ता भएका थिए । खबर प्राप्त हुनसाथ खोजीमा लागेको कोस्ट गार्ड तथा आपत्तकालिन उद्दारकर्मीहरुले गस्ती डुंगा तथा हेलिकप्टर प्रयोग गरी खोजि गरिरहेका थिए ।

आज बिहान १०ः३० बजेसम्म हराएको डुंगामा सवार यात्रुहरु मध्ये ७ जना फेला परेको र उनिहरुको उद्धारसंगै अन्य यात्रुहरुतो खोजी कार्य जारी रहेको बताईको छ ।

होक्काईदोको सिरेतो प्रायद्वीप  डुंगामा चढी दृश्यावलोकनको लागि लोकप्रिय स्थान रहँदै आएको स्थान हो ।तर हिजो तिनै दृश्यवलोकनको लागि पुगेका यात्रुहरु डुंगा दुर्घटनामा पर्दा समुद्रमै बेपत्ता भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार