टोकियो/जापान । बढ्दो अनलाइन ठगी तथा साइबर अपराधका कारण पछिल्लो १० वर्षमा जापानको सार्वजनिक सुरक्षा नाजुक बन्दै गएको एक सर्वेक्षणले देखाएको छ ।
गत मार्चमा जारी गरिएको एक सरकारी सर्वेक्षणको नतिजा अनुसार ५० प्रतिशत भन्दा बढी उत्तरदाताहरूले पछिल्लो १० वर्षको अवधिमा अनलाइन व्यापारमार्फतको ठगी तथा साइबर अपराधका कारण सास्ती खेप्नुपरेको बताएका थिए । जसले जापानको सार्वजनिक सुरक्षा व्यवस्था कायम राख्न चुनौती खडा गरिदिएको विश्लेषण गरिएको छ ।
जापानमा कस्ता अपराधहरु बढिरहेका छन् त ?
उक्त, सर्वेक्षणमा सहभागीहरूले बताए अनुसार, कोभिड-१९ को महामारीका कारण ,सेवाहरूको बढ्दो डिजिटलाइजेशन संगै ५२.६ प्रतिशतले ठगी र व्यापारिक जालसाजीहरु व्याहोर्नु परेको उल्लेख गरिएको छ । त्यस्तै फिसिङ स्क्यामहरू सहित साइबर अपराधहरू र अनाधिकृत अनलाइन पहुँचमा ५२.२ प्रतिशतले समस्या भोग्नुपरेको बताईएको छ ।
जापानमा मानिसहरु कसरी असुरक्षित बनिरहेका छन् त ?
सर्वेक्षणमा सहभागी उत्तरदाताहरूले आफू वा आफू नजिकका व्यक्तिहरू अनलाइन स्पेसहरुको माध्यमबाट ठगी तथा जालसाजीमा परेको बताउनेहरुको संख्या ५३.९ प्रतिशत, त्यसपछि सडकहरूमा पनि असुरक्षित बनेको या ठगिमा परेको बताउनेहरुको संख्या ५०.७ प्रतिशत र सहरी क्षेत्रहरुमा पनि सामाजिक सुरक्षा गुमेको बताउनेहरुको संख्या ४७.९ प्रतिशत देखिएको छ ।
के साँच्चै जापान पनि असुरक्षित भएको हो त ?
ठगी तथा जालसाजीका घटनाहरु बढेको भएता पनि बाबजुद पनि सर्वेक्षणमा सहभागी ८५ दशमलव १ प्रतिशत उत्तरदाताहरूले उनीहरूलाई जापान बस्नको लागि सुरक्षित र शान्त ठाउँ भएको महसुस गरेको बताएका छन् । यसको मतलव जापानमी विगतका तुलनामा सामजिक सुरक्षा घटेता पनि अन्यत्रको तुलनामा यो अझै सुरक्षित मध्येको एक मुलुक हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




