टोकियो/जापान । काठमाडौमा जारी छैटौ आरबिबि एनभिए भलिबल लिग २०७९ (RBB-NVA VOLLEYBALL LEAGUE 2079) मा सहभागी गण्डकी प्रदेश पुरुष भलिबल टिमलाई कालागि जापानबाट आर्थिक साहयोग गरिएको छ ।

गण्डकी प्रदेश पुरुष भलिबल टिमलाई गन्डकी प्रदेश
पश्चिम अन्चल भलिबल संघका उपाअध्यक्ष तथा भलिबल संघ जापान शाखाका निवर्तमान अध्यक्ष नबिन कुमार गुरुङ्को सयोजनमा जापानमा रहेका खेलप्रेमीहरुबाट संकलन गरि आर्थिक सहायोग गरिएको हो ।

गुरुङ्को संयोजनमा,नेपाल भलिबल संघ जापानका अध्यक्ष रत्नसिंह बस्नेत,गल्कोट स्पोर्ट्स क्लबका सल्लाहकार बिजय भण्डारी,गल्कोट स्पोर्ट्स क्लबका सल्लाहकार अमर भन्डरी,गल्कोट स्पोर्ट्स क्लबका अध्यक्ष डिला राम निउरे ,गल्कोट स्पोर्ट्स क्लबका कोषाध्यक्ष रमेश कुमार खत्री,राष्ट्रिय भलिबल खेलाडी महेन्द्र सहानी,गल्कोट समाज जापान नागोयाका अध्यक्ष रामु थापा (काजि )ले आर्थिक सहयोग गकेका हुन् ।

संयोजक गुरुङ्ले दिएको जानकारी अनुसार,यस पटक कुल संकलित रकम ८० हजार जापानी येन सहयोग प्रदान गरिएको छ । गुरुङ्ले सहयोग गरि खेलाडीहरुको उत्साह थप्ने कार्यम योगदान पुर्याउने सबै सहयोगीगरुलाई धन्यवाद व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार