टोकियो । जापानमा कृयाशिल फुटवल क्लव कावासाकी वुल्सको आयोजनामा गत वर्षदेखि सन्चालित भेट्रान्स गोल्ड कप जुलाई १७ तारिश हुने भएको छ ।

३५ बर्ष उमेर समुहमाथीका खेलाडीहरुलाई मध्यनजर गर्दै कावासाकी वुल्सको आयोजनामा गत वर्षदेखि सन्चालित भेट्रान्स गोल्ड कप जुलाई १७ तारिख आईतबार कावासाकीमा हुने भएको हो।पुरस्कार राशीमा गत सिजन भन्दा केहि वृद्धि गरेको क्लवका अध्यक्ष मिथुन गुरुङले वताए । पहिलो संस्करण सभ्य र भव्य तवरले समापन भएकोले सोहि सफलतालाई उर्जाको रुपमा लिंदै दोस्रो संस्करणको तयारीमा जुटेको उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुल गुरुङले वताए ।

प्रतियोगिताको विजेता टिमले २३३,३३३ येन नगदको साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उप विजेता टिमले १२२,२२२ येन नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् यसैगरी विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पहिलो सिजनमा सहभागिता जनाई सहयोग गर्ने विभिन्न फुटवलह क्लवहरु, आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्ने सहयोगी दाताहरुसँग हातेमालोको आपेक्ष आयोजकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार