टोकियो/जापान । जापानका ३ ठूला मोबाईल सेवा प्रदायक कम्पनीहरुले सस्तो मोबाईल सेवाका योजनाहरु सार्वजनिक गरेको एक वर्षभन्दा बढि भएको छ । यो अवधीमा दोकोमो, एयु तथा सफ्टबैंकका यस्ता सस्ता फोन सेवा कन्ट्रयाक गर्नेहरुको संख्या ३ करोड ७० लाख नाघेको छ ।

जापानमा अन्य विकशित मुलुकहरुको तुलनामा मोबाईल फोन सेव निकै महंगो भयो भन्दै चौतर्फी बढेको आलोचनालाई मध्यनजर गर्दा तात्कालिन प्रधानमन्त्री योशिहिदे सुगाले ठूला मोबाईल सेवा कम्पनीहरुलाई शुल्क समायोजन गर्न निर्देशन दिएसंगै अघिल्लो वर्षको अप्रिलबाट सबै कम्पनीहरुले आफ्ना सस्तो योजनाहरु सार्वजनिक गरेका थिए ।

यसरी मोबाईल फोन सेवालाई सस्तो बनाउन एयु, सफ्टबैंक तथा दोकोमो जस्ता ठूला कम्पनीहरुले आफ्ना साविकका योजनाहरुलाई पनि केहि सस्तो ढाँचामा ढालेका थिए भने केहि पूर्णरुपमा फरक र सस्तो योजनाहरु पनि सार्वजनिक गरेको थिए ।

जस्तै, एयुको पोवो, दोकोमोको आहोमो र शफ्टबैंकको लाईनमो त्यस्ता सस्को योजनाहरु हुन् । यि योजनाहरु सार्वजनिक हुनेवित्तिकै देखिएको आकर्षणले यो एक वर्षको अवधीमा झण्डै ४ करोड प्रयोग कर्ताहरुलाई आकर्षण गरेको देखिएको छ । तपाई पनि जापानमा हुनुहुन्छ र सस्तो मोबाईल फोन सेवा प्रयोग गर्न चाहनुहुन्छ भने यि नयाँ योजनाहरुमा सम्झौता गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार