टोकियो/जापान । गत अप्रिलमा जापानको मुद्रास्फीति पछिल्लो ७ वर्षयताकै उच्च कायम भएको छ । आयातमा बढेको लागत तथा उत्पादनमा भएका गिरावटका कारण अधिकांस कच्चा पदार्थहरुको मुल्यवृद्धिको मारमा परिरहेका छन् आम उपभोक्ताहरु ।

जापानको वास्तविक उपभोक्ता मूल्य सूचकांक( जसमा, ताजा खाद्य वस्तुहरू समावेश हुँदैन)एक वर्ष अघिको तुलनामा २.२ प्रतिशत बढेको छ । उपभोग कर दर ५ प्रतिशतबाट ८ प्रतिशतमा बढेको छ । जुन वृद्धि सन २०१५ को मार्चपछि सबैभन्दा तीव्र देखिएको वृद्धि हो ।

अहिले, मुद्रास्फीतिले बैंक अफ जापानको मूल्य स्थिरता लक्ष्य २ प्रतिशतलाई पार गरिसकेको छ । जुन लक्ष्य गभर्नर हारुहिको कुरोदाले सन २०१३ मा केन्द्रीय बैंकको प्रमुख बनेपछि राखेका थिए। कुरोदा कडाईको विपरीत, बैंकको अति ढिलो मौद्रिक नीतिप्रति प्रतिबद्ध रहेको देखिन्छन् ।अमेरिकी फेडरल रिजर्भ र अन्य प्रमुख केन्द्रीय बैंकहरूको नीतिको प्रभावस्वरुप मुद्रास्फीति दबाब विश्वव्यापी रूपमा तीव्र रूपमा देखिएको छ ।

जापानमा अप्रिल महिनामा खाना पकाउने तेलको मूल्य ३६.५ प्रतिशतले बढ्यो,त्यस्तै पेट्रोल १५.७ प्रतिशतले बढ्यो, कच्चा पदार्थ,ईन्धनका साथै रुस युक्रेन युद्धद्वारा अन्य वस्तुहरु को उच्च लागत समेत बढाईदिएको छ ।

समग्रमा यो वर्ष लागेसंगै जापानी मुद्राको क्रयशक्ति अत्यन्तै तीब्र गतिमा घट्दै गएको छ । परिमाण अघिल्लो वर्षको समान अवधिमा किनिएको उहि वस्तु अहिले किन्दा धेरै येन खर्चिनु परिरहेको छ।जसका कारण जापान यतिखेर महंगीको चरम बिन्दुमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार