जापानमा प्रवेश गर्न चाहने विदेशीहरूले साधारणतया विदेशमा रहेको जापानी राजदूतावास (परराष्ट्र मन्त्रालय अन्तर्गतको निकाय) बाट “भिसा” जारी गराउनु पर्छ, तर भिसा प्राप्त गर्दैमा जापान प्रवेश गर्न पाइने भन्ने होइन। जापानमा आइपुगे पछि, अध्यागमन तथा प्रवास नियन्त्रण विभागद्वारा गरिने आवश्यक सोधपुछमा सहभागी हुनुपर्नेछ र जापानमा गर्न खोज्नु भएको गतिविधि अनुसारको “बसोबास योग्यता” प्राप्त गर्नुपर्नेछ । “भिसा” र “बसोबास योग्यता” फरक फरक निकायको अधिकार क्षेत्र अन्तर्गत पर्ने अलग प्रक्रियाहरू हुन् । यस पृष्ठमा परिचय गराइएको SSW, नयाँ “बसोबास योग्यता” मध्येको एउटा हो ।

SSW को विशेषता

SSW को रूपमा जापानमा काम गर्नको लागि स्वास्थ्य अवस्था राम्रो भएको, १८ वर्ष वा सो भन्दा माथिका उमेरका व्यक्ति हुनुपर्छ र कुनै थप अध्ययन तालिमको आवश्यकता विना तत्काल दक्ष श्रमशक्तिको रूपमा काम गर्न सक्ने क्षमता र जापानी भाषामा दख्खल भएको हुनुपर्द्छ । सीप र जापानी भाषाको दक्षता जापानी पक्षद्वारा आयोजना गरिने परीक्षमार्फत निर्धारण गरिन्छ । कामदारका परिवार जापान ल्याउन पाउनेछैन र कामदारले जापानमा काम गर्न पाउने अवधि ५ वर्षमा सिमित गरिएको छ । यो नयाँ योग्यता र जापानमा काम गर्न पाउने अन्य योग्यताको ठुलो भिन्नता भनेको यसमा जापानमा आएदेखी स्वदेश फर्कने समयसम्म जीवनयापन तथा कामको क्षेत्रमा रोजगारदाता कम्पनीबाट विभिन्न सपोर्ट लिन सकिने व्यवस्था रहेको कुरा हो ।
साथै, कार्य स्थलको कार्य प्रशिक्षणद्वारा जापानको विभिन्न सीप ज्ञान हासिल गरेपछि स्वदेश फर्कने र उक्त सीपलाई मातृदेशमा फैलाउने जस्तो अन्तराष्ट्रिय योगदानको लक्ष्य लिएको “सीपको कार्य प्रशिक्षण (Technical Intern Training)” भन्ने बेग्लै प्रणाली छ र यस प्रणाली अन्तरगत तोकिएको कार्य प्रशिक्षण कार्य प्रशिक्षण (Training)लाई राम्रोसँग सम्पन्न गरेका व्यक्तिका लागि, सीप तथा जापानी भाषा दक्षताको परीक्षा (JFT-Basic अथवा JLPT) नदिईकन एउटै क्षेत्रको SSW तर्फ बसोबास योग्यतालाई परिवर्तन गर्न सक्ने मार्ग खुला गरिएको छ ।

विशिष्ट सीप भएको कामदार (१)

SSW को रूपमा गर्न सकिने कामहरु
SSW को रूपमा तपाईले गर्न सक्ने कामहरु निम्न प्रकारका फरक फरक औद्योगिक क्षेत्र अनुसार निम्न बमोजिम रहेको छ ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको क्षेत्राधिकारमा पर्ने

“नर्सिङ” स्याहार सुसार
“नर्सिङ” स्याहार सुसार (बिरामीको शारीरिक र मानसिक अवस्थाअनुसार नुहाउन , खान र दिशा पिसाव गर्न मदत गर्ने) बाहेक अरू सेवाहरू (मनोरन्जन र अन्य कार्यात्मक तालिमहरु)
याद गर्नुहोस्ः भ्रमण सेवा समावेश हुँदैन

भवन सरसफाई व्यवस्थापन
यस अन्तरगत भवनहरुको सरसफाई तथा व्यवस्थापनसंग सम्बन्धित कामहरु पर्दछन् ।

अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको क्षेत्राधिकारमा पर्ने

कच्चा माल उद्योग
कास्टिंग, फोर्जिंग, डाई कास्टिंग, मशीनिंग, मेटल मुद्रांकन, कारखाना पाना धातु, प्लेटिनिम, एल्युमिनियम एनोडाइजेसन, फिनिशिंग, मेशिन निरीक्षण, मेशिन मर्मत, चित्रकला, वेल्डिंग


औद्योगिक मेसिनरी उत्पादन उद्योग
कास्टिङ,, फोर्जिंग, डाइ कास्टिंग, मशीनिंग, पेन्टिङ, फलामका काम, कारखाना शीट मेटल, प्लेटि,, फिनिशिंग, मेशिन निरीक्षण, मेशिन मर्मत, औद्योगिक प्याकेजिङ, इलेक्ट्रोनिक उपकरण असेंबली, इलेक्ट्रिकल उपकरण असेंब्ली, प्रिन्ट गरिएको तार बोर्ड निर्माण, प्लास्टिक मोल्डिंग, मेटल मुद्रांकन, वेल्डिंग

इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र जानकारी उद्योग
मेशिन प्रोसेसिङ, धातु प्रोसेसिङ, कारखाना शीट धातु, प्लेटिङ, फिनिशिंग, मेशिन मर्मत, इलेक्ट्रोनिक उपकरण असेंबली, इलेक्ट्रिकल उपकरण असेंब्ली, प्रिन्ट गरिएको तार बोर्ड निर्माण, प्लास्टिक मोल्डिंग, पेन्टिङ, वेल्डिंग, औद्योगिक प्याकेजिङ

भूमि, पूर्वाधार यातायात र पर्यटन मन्त्रालयको मातहत

निर्माण
ढलान सम्बन्धी निर्माण, प्लास्टरकर्ता, कन्क्रिट पम्पिङ, सुरुङ निर्माण कार्य, निर्माण मेशिनरी तथा निर्माण, अर्थवर्क, रूफिङ, दूरसंचार, रिइन्फर्सिङ बार कन्सट्रक्सन ,रिइन्फर्सिङ बार जोइन्ट, आन्तरिक फिनिसिङ, सामाग्री माउन्टिङ, तोबी श्रमिक, आर्किटेक्ट कार्पेन्टर, प्लम्बिङ,बिल्डिङ शीट मेटल, हिटिङ-फ्रिजिङ, स्प्रे युरेथेन इन्सुलेशन, समुद्री सिभिल इन्जीनियरिंग

पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग
वेल्डिंग, रंगरोगन, इस्त्री लगाउने, फिनिसिङ, मशिनिंग, विद्युत उपकरण असेंब्लीङ

अटोमोबाइल मर्मत-सम्भार
अटोमोबाइलको दैनिक निरीक्षण तथा मर्मत, नियमित निरीक्षण र तथा मर्मत, डिस्एसेम्ब्ली र मर्मतसम्भार

उड्डयन
एयरपोर्ट ग्राउंड ह्यान्डलिंग (भुमि मार्गनिर्देशन समर्थन सेवाहरू,सामान र ढुवानी ह्यान्डलिंग सेवाहरू, ब्यागेज तथा कार्गो ह्यान्डलिंग सेवा आदि), विमान मर्मत (विमान, उपकरण आदिको लागि मर्मत सेवा आदि)

होटल सम्बन्धी उद्योगआवास सेवा, योजना तथा विज्ञापन, ग्राहक स्वागत सेवा, रेस्टुरेन्ट सेवा आदि जस्ता लजिङ सेवाको उपलब्धता ।

कृषि
सम्पूर्ण अन्नखेती व्यवसाय (खेती व्यवस्थापन, कृषिजन्य उत्पादनको सङ्कलन, ढुवानी तथा चयन आदि), सम्पूर्ण पशुधन पालन व्यवसाय (पशु तथा जलजन्तु पालन व्यवस्थापन, पालनजन्य उत्पादनको सङ्कलन, ढुवानी तथा चयन आदि ) ।

मत्स्यपालन तथा अकुवाकल्चर
मत्स्यपालन (फिशिंग गियरको निर्माण तथा मर्मत, समुन्द्री जनावर तथा बोटबिरुवाहरूको खोज, माछा मार्ने गियर, फिशिंग मेशिनहरू संचालन,समुन्द्री जनावर तथा बोटबिरुवाहरूको सिकार, सिकारका समुन्द्री जनावर तथा बोटबिरुवाको प्रशोधन, भण्डारन, सुरक्षा तथा स्वच्छताको सुनिश्चितता आदि), जलजन्तु पालन व्यवसाय(जलजन्तु पालन सामाग्रीको उत्पादन, सम्भार, नियन्त्रण, जलजन्तु पालन तथा समुन्द्री जनावर तथा बोटबिरुवाहरूको लानलपालन नियन्त्रण, फसल काट्ने(सिकार)सामग्री मर्मत गर्ने) व्यवस्थापन, खेती व्यवस्थापन, (फसल काट्ने), प्रसोधन, सुरक्षा तथा स्वच्छताको सुनिश्चितता आदि)

खाना र पेय पदार्थको उत्पादन उद्योग
सम्पूर्ण खाद्य तथा पेय पदार्थ उत्पादन उद्योग ( खाद्य तथा पेय पदार्थ (मादक पेय पदार्थ बाहेक)को उत्पादन, प्रशोधन तथा सुरक्षा र स्वच्छता)

खाद्य सेवा उद्योग
सम्पूर्ण रेस्टुरेन्ट व्यवसाय (खाना र पेय, ग्राहक स्वागत सेवा, स्टोर व्यवस्थापन)

( हाम्रा धेरै  पाठकहरुले पटक/पटक सोधिरहेकाले जापान सरकारको विदेश मन्त्रालयको सामग्री साभार गरि प्रकाशन गरिएको हो )


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार