सुन!सागर ,बसन्ते,किस्ने!!
हाम्रो देश त्यसै बिग्रीएको होईन,
देशमै केही गर्छु भन्नेलाई सबै मिलेर खुट्टा खिच्ने!!
बजेट आंउदा अलिकती कनिका छरेजस्तो गरेर,
बॅाकि रहेको सबै नेता मिलेर घिच्ने!!
सुन,सागर,बसन्ते,किस्ने!!
यहॅा नेता देखि कार्यकर्ता सम्म,
पिउन देखि हाकीम सम्म ,
माथिदेखी तलसम्म,तलदेखि माथिसम्म,
सबै-सबै पैसामा बिक्ने!!
अनि,कसरी सोझासाझा नौजवानहरू देशमा टिक्ने?
सबैको मुखमा मेरो पार्टी र तेरो पार्टी मात्रै छ!
कोही छैन देशको बारेमा कुरा झिक्ने!!
सुन,सागर ,बसन्ते ,किस्ने!!
देशका नेताहरू पदको लडॅाईमै ब्यस्त!
छिमेकीले उत्तर,दक्षिणबाट सिमा मिच्ने!!
देशको रिन बढेको बढै छ!
प्रत्येक नेपालीलाई बर्षेनी रिनको भारीले थिच्ने!!
काम गर्ने केही होईन,
नेताहरू चिल्ला कुरामात्रै फिट्ने!
सुन!सागर,बसन्ते,किस्ने!!
जताबाट हुन्छ ,जे गरी हुन्छ जुगाले चुसेजस्तै,
जनताको रगत चुस्ने!!
देश रेमिट्यान्सको पैसाले धानिएकै छ!
आखिर खाडीमा रहेकाले न हो आफ्नो शरीर पिस्ने!!
काम नगर्ने नेताहरू बंगलामा बस्ने!
काम गर्ने निमुखाहरू चुहिने छानामा भिज्ने!!
सुन सागर,बसन्ते,किस्ने!!
बिदेशका मान्छे ,मान्छे जस्ता छन्!
हामी कोही कॅाग्रेस,कोही कम्युनिस्ट मात्रै भयौं!
हामीपनि मान्छे हुन कहिले सिक्ने?
-श्रीराम पौडेल
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




