जापान । एक जापानी मूलका अमेरिकीले बिहीबार, दोहोरो नागरिकता लिन प्रतिबन्ध लगाएको जापान सरकारको निर्णय विरुद्ध जापानी अदालतमा मुद्दा दायर गरेकी छिन् ।आफ्ना नागरिकहरूलाई स्वदेशी तथा विदेशी नागरिकता दुबै धारण गर्न प्रतिबन्ध लगाउनु संविधानको उल्लङ्घन भएको भन्दै उनले मुद्दा दायर गरेकी हुन् ।
हाल दक्षिणपश्चिम जापानको फुकुओका सहरमा बस्दै आएकी ७५ वर्षिया,युरी कोन्दोले र फुकुओका जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले आफ्नो कानुनी समुहसंगको पत्रकार सम्मेलनमा भनिन् – “मैले अमेरिकी नागरिकता प्राप्त गर्दा, जापानी नागरिकता स्वतः खोस्नुहुँदैन।”
कानागावा प्रिफेक्चरको कामाकुरामा जन्मेकी कोन्दो १९७१ मा अध्ययनका लागि अमेरिका गएकी थिईन भने १९९७ देखि एरिजोनामा कानूनी अभ्यास गर्न थालेकि थिईन् ।
सन २००४ मा अमेरिकी नागरिक बनेपछि, उनले सन २०१७ मा आफ्नो जापानी राहदानी नवीकरण गर्ने प्रयास गरिन् तर उनको आवेदन अस्वीकार गरियो। उनी हाल अमेरिकी राहदानीमा जापानमा बस्दै आएकी छिन् ।
कोन्दोको दाबी छ कि राष्ट्रियता कानूनको धारा ११ अनुसार, जापानी नागरिकहरूले विदेशी नागरिकता प्राप्त गरेपछि स्वचालित रूपमा आफ्नो राष्ट्रियता गुमाउँछन् । तर यो बुँदाले संविधानले ग्यारेन्टी गरेको नागरिकहरुको सुख र समानताको अधिकारको उल्लङ्घन गर्दछ । त्यसैले दोहोरो नागरिकता राख्न पाउनुपर्दछ । उनि भन्छिन्- “राष्ट्रियता एक महत्त्वपूर्ण मानव अधिकार हो, र यो कसैको सहमति बिना स्वतः खोस्नु अवैध छ ।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




