टोकियो/जापान । जापान अत्यन्तै धेरै प्राकृतिक विपत्तीहरु आईपर्ने मुलुक हो । यहाँ वर्षेनी सयौँ संख्याका भुकम्प, बाढी/पहिरो/ डुबान तथा ज्वालामुखी बिस्फोटन जस्ता प्राकृतिक विपत्तीहरु घट्ने गर्दछन् । यसैक्रममा, जापानको समाचार संस्था एनएचकेले विज्ञहरुसंगको सहकार्यमा तयार पारेको एक रिपोर्ट अनुसार, जापानमा यदि हरेक १ हजार वर्षको आसपासमा पर्ने भारी वर्षा दोहोरिएमा, जापान भरका करिब ४ करोड ७० लाख मानिसहरु डुबानको जोखिममा रहेको देखिएको छ ।
विश्वभर,बढेको जलवायु परिवर्तन तथा तापमानका कारण, विगतमा खासै पानीतो सतह नबढ्ने स-साना खोलालनालाहरुमा पनि पानीको सतह ह्वात्तै बढ्न थालेका छन् । परिणामतः यदि अति ठूलो वर्ष भएमा जापानका ४ करोड ७० लाख मानिसहरुको यतिखेरको बसाई बाढी तथा डुबानको जोखिममा रहेको बताईएको हो ।
यसरी विज्ञहरुसंगको सहकार्यमा तयार पारिएको जोखिम चित्रण नक्साका आधारमा, पूर्व तयारी गरि ति स्थानका बासस्थान अन्यत्र सार्ने या डुबानको जोखिमका बेलामा भाग्न/आश्रय लिनसक्ने उच्च स्थानहरुको निर्माण गर्ने जस्ता रोकथामको उपायहरु अबलम्बन गर्न सकिने विज्ञहरुको ठहर छ ।
यसरी बाढी तथा डुबानको जोखिममा रहेका मानिसहरुको प्रिफेक्चर अनुसार वर्गिकरण गर्ने हो भने, टोकियो क्षेत्रमा सबैभन्दा धेरै ४२ लाख ४५ हजार ७ सय २३ जना र सबैभन्दा थोरै ५४ हजार २ सय ५५ जना देखिएको छ । यस अध्ययन अनुसार यदि अब अनुमान गरिए जस्तै ठूलो वर्षा भएमा यस अघि कहिलै बाढी नआएको नदि/खोला तथा ताल तलैयाहरुमा पनि अत्यन्तै बाढी आउनेछ ।
जापानमा वसोवास गर्ने सबैले यहाँको प्राकृति विपत्तीहरुको जोखिमहरु बारे जानकारी लिँदै, त्यस्ता जोखिमपुर्ण स्थानबाट अन्यत्र सर्ने या, आपतकालिन अवस्थामा आश्रय स्थलहरुको व्यवस्था गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




