टोकियो/जापान। ।आईतबार( जुन ५ तारिख ) नागोयामा जापान आएको २ साता नबित्दै मृत भेटिएका नेपाली विद्यार्थी, दुर्गा बहादुर बिक भएको जानकारी प्राप्त भएको छ ।
नेपालको चितवन जिल्ला राप्ती नगरपालिका घर भएका, दुर्गा बहादुर बिक जापानको नागोयास्थित ESL जापानी भाषा स्कुलमा विद्यार्थीकोरुपमा आएको २ साता पनि भएको थिएन । तर जापान आएको यति छोटै समयमा उनले आफैँले मृत्युको बाटो रोजेको बताईएको छ । यद्यपी उनको मृत्युबारे प्रहरीले शुक्ष्मरुपमा अध्ययन गरिरहेको बताईएको छ ।
४ जुन शनिबार बिक सहित ५ जना साथिहरु सगै नेपाली संचालकले संचालन गरेको होस्टेलमा बिक र उनकासाथिहरुसगै राति करिब १० बजे खाना खाएर हेड फोन लगाई सुतेको एवं सगै बस्ने एक साथिले राति हेडफोन निकाली सजिलोसग सुत्नभनेको प्रहरीलाई बयान दिएका छन । त्यसपछि सबै निदाएको र विहान एक जना साथि बाथरुम जादा दुर्गा बहादुर बिक घाटीमा कपडासुकाउन प्रयोग गरिएको डोरिले बेरिएको अवस्था भेटिए पछि उनले कोठामा आई सबै साथिहरुलाई उठाएको र होस्टेल संचालकलाई जानकारी गराएको बयानमा बताएका छन ।प्रकृती हेर्दा बाथरुममा मृत्यू हुनेगरी कुनै क्रियाकलाप भएको देखिदैन तरपनि उनी त्यहि डोरिले घाटीमा बेरिएको अवस्थामा भेटिएको कारण यो घटनालाई प्रहरीले शुक्ष्म तरिकाले छानविन गरिरहेको एक नेपाली अग्रजले जानकारी दिएका छन।
सगै बस्ने अन्य ४ जनाले प्रहरीलाई दिएको बयानमा एउटै कोठामा बस्ने अन्य चार जनाले त्यस घटना वा त्यसदिन उक्त कोठामा कुनैआवाज नसुनेको र बिकले यस्तो निर्णय गर्लान भनेर कहिलै नसोचेको समेत बताएका छन ।बिकको शवलाई अहिले प्रहरीले थप अनुसन्धनका लागि हस्पिटलमा राखेको छभने पोष्टमार्टम पछि मृत्यूको कारण बाहिर आउने सक्ने बताईएको छ ।
पाँच जना मध्ये बिक जापानी भाषा लेख्न र बोल्न सक्ने थिए, बिकको विहिबार मात्रै म्याकडोनल्समा काम फिक्स भई अर्को साताको शनिबारबाट काममा जाने सिफ्ट समेत पाएको उल्लेख गरिएको छ । बिकको साथमा ७० हजार जापानी येन नगद पनि भेटिएको बताईको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




