जापान । आज ( जुन ७ तारिख) बिहान होक्काईदोस्थित जेआर चितोसे स्टेशनको क्वाईन लकर ( तोकिएको सिक्का राखेर, आफ्ना सामानहरु राख्न मिल्ने स्टेशनहरुमा रहेको बक्स) भित्र बच्चाको शव फेला परेको छ । अहिले प्रहरीले यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।
आज बिहान करिब ८:३० बजे, होक्काईदो प्रिफेक्चरको चितोसे सहरको जेआर चितोसे ट्रेम स्टेशनमा अनौठो गन्ध आएपछि सरसफाई कम्पनीले नजिकैको प्रहरीलाई खबर गरिदिएका थिए । जब प्रहरी अधिकारीहरू अनुसन्धान गर्न पुगे, बच्चाको शव स्टेशनको अगाडिको प्रवेशद्वारमा राखिएको क्वाईन लकरमा फेला परेको थियो।प्रहरीका अनुसार क्वाईन लकरमा प्लास्टिकको बक्स भित्र हालेर छाडिएको थियो ।
बिहानको समय चितोसे स्टेशन काम तथा विद्यालयमा आवतजावत गर्ने समय भएकाले निकै व्यस्त समय थियो ।त्यसैले कहिले ? कसले त्यसरी नवजात शिसुको शव राख्यो भन्ने अझै पत्ता लागिसकेको छैन ।
जापानी संचार माध्यमहरुका अनुसार,प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गर्नुका साथै शव परित्यागको घटना भएकाले वरपरका सुरक्षा क्यामेरा फुटेजहरु हेरि अपराधीको पहिचान गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




