टोकियो/जापान । निरन्तर कमजोर बन्दै आएको जापानी येन बुधबार( जुन ८ तारिख) थप कमजोर बन्दै प्रति १ डलर अस्थायीरुपमा १३४ येनसम्म पनि बिक्री भयो । जापानी येनको यो कमजोर अवस्था २ दशक पछि पहिलो पटक दोहोरिएको हो ।
हिजो विदेशी मुद्रा विनिमय बजारमा दिनैभर जसो जापानी येन बेच्ने र अमेरिकी डलर किन्नेहरुको भिड नै देखियो । लगानीकर्ताहरुलाई जापानी येनको लगानी सुरक्षित नदेखेकाले अधिक लाभ लिन सकिने अन्य मुद्राहरुमा धमाधमा लगानी बढाईरहेकी छन् । जापानी केन्द्रिय बैंकले आफ्नो स्थिर मौद्रिक नीतिमा तत्काल कुनै प्रतिकृया नदेखाउने संकेत गरेपछि पछिल्लो २ दिन यता जापानीले थप विश्वास गुमाएको देखिएको छ ।
बुधबार न्युयोर्क,टोकियो तथा लन्डन विनिमय बजारमा जापनी येनको उपस्थिति निकै फितलो रह्यो । बुधाबार कायम भएको कारोबार मुल्य सन २००२ फेफ्रुअरी यताकै न्युन हो ।
जापानी येन कमजोर हुँदा, समग्र वस्तु तथा सेवाको मूल्य बढी आर्थिक भार त परिरहेकै छ । त्यसमा पनि जापानबासी नेपालीहरुलाई भने अहिले रेमिट्यान्स गर्दा साविकको तुलनामा निकै घाटा लागिरहेको छ । अहिले १ लाख नेपाली रुपैयाँ रेमिट्यान्स गर्न करिब १ लाख ८ हजार जापानी येन पठाउनुपर्नेछ ।जापानी येन थप कमजोर बनेमा यो रेट अझै बढ्नेछ ।जबकि यस अघि १ लाख येन पठाउँदा नेपाली १ लाख भन्दा बढी हुने गर्दथ्यो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




