टोकियो/जापान । झण्डै २ वर्षपछि जापान सरकारले आजबाट विदेशी पर्यटकहरुलाई भित्र्याउन सुरु गरेको छ । कोरोना महामारी सुरुभएता ठप्प रहेको पर्यटन व्यवसायलाई सकृय बनाउँदै,कोरोना संक्रमण रोकथामका उच्च सतर्कता अप्नाउँदै पर्यटन उद्योगलाई पुन जीवन दिने प्रयास गरिएको हो ।
जापानमा कोरोना संक्रमण शुन्य नभएपनि,अहिले तुलनात्मकरुपमा संक्रमण अत्यन्तै न्युन छ । साथै गम्भीर प्रकृतीका विरामीहरु खासै देखिएका छैनन् । यहि अवसरमा जापानले पर्यटकहरुलाई जापान घुम्नदिने योजना सहित आज( जुन १० तारिख)बाट पर्यटन भिसालाई पनि प्रवेश दिन सुरुवात गरेको हो ।
गत, अप्रिल महिनाबाट विश्वभरका नवप्रवेशीहरुलाई प्रवेश खुला गरि,जापान यात्रा सहज बनाउन सुरु गरिएको थियो । कोरोनाकै कारण झण्डै २ वर्ष जापानको सीमा बन्द हुँदा जापान आउन चाहने लाखौँ मानिसहरु रोकिएका थिए ।व्यवसायी, यात्री लगायतका सरोकारवालाहरुद्वारा चौतर्फी दवाव दिएपछि जापानले अप्रिलबाट यात्रा सहज बनाएको थियो ।
अन्य सबैप्रकारका भिसा बाहकहरुलाई खुला गरेता पनि विशुद्ध पर्यटन उदेश्य राख्ने पर्यटकहरुको भिसा भने बन्द थियो । तर आजबाट भने सबै प्रकारका भिसा बाहक विदेशीहरु जापान आउन योग्य भएका छन् । जापान सरकारले अहिले दैनिक २० हजार जना यात्रुहरु प्रवेश गर्नेसक्ने, अमेरिकी, वेलायत लगायतका मुलुकबाट आउने यात्रुहरुले एयरपोर्ट पिसिआर तथा होम क्वारेन्टिन बस्नुनपर्ने,जापानले मान्यता दिएको खोपको तेस्रो मात्रा लगाएकाहरुले पनि होम क्वारेन्टिन बस्नुनपर्ने जस्ता लचकता देखाएको छ ।
पर्टन भिसा खुला गरेको भएपनि सबै मुलुकका यात्रीहरुले भने सम्भवत आउन पाउनेछन् । किनकि केहि दिन अगाडी विश्वका मुलुकहरुलाई कोरोना संक्रमण जोखिमको आधारमा ३ भागमा विभाजन गरिएको छ । जसमा सजिलै यात्रा गर्नसक्ने मुलुकहरुको सुचीमा परेका अमेरिका, वेलायत लगायतका ९८ वटा मुलुकहरु छन् । यस पटकको पर्यटन भिसा पनि तिनै मुलुकहरु लक्षित हुने आँकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




