केहि दिन अघि जापानको नागोयामा एक जना विद्यार्थी भाईको ज्यान गएको खबरले निकै दुखि बनाएको छ । दुखको पहाड त उनका आमा बुबाको सपनामा खसेको होला जुन हामीले कल्पना पनि गर्न सक्दैनौं । यस्ता घटनाहरु जापानमा हालसाल धेरै घटेको सुनिन्छ । दोषी को होला ?हामी आफैं मनन गर्ने कि ?
१) कन्सल्टेन्सी : कन्सल्टेन्सीले आफ्नो जिम्मेवारी पुरागरेको देखिन्दैन( जसको अनुभवी म आफै पनि हो ) नेपालमा हुँदा महिनाको यति लाख उति लाख कमाइ हुन्छ भन्ने सपना त देखाईन्छ तर त्यो सपना पुरा गर्न गर्नु पर्ने अवस्थाहरुको बारेमा पूर्ण जानकारी दिएको देखिंदैन । दु:ख-कस्थ गरि जेनतेन १२ क्लाससम्म पढाएको आमा बुबाको राम्रो जीवन दिनको लागि भनेर ऋणको भारि बोकेर भएनी कन्सल्टेन्सीले देखाएको सपना मनमा लिएर जापान त आउनु हुन्छ । तर उता भनेको र यता आफुले भोगेको बास्तविकता फरक परेपछि मानिस फ्रस्टेसनमा जाने र आत्मा हत्या गर्न पनि पछि पर्दैन ।
२) कम तयारी : जापान देश एकदम राम्रो छ तर पढाई संगै काम र आम्दानीको लागि जापानको कुन शहरमा बिद्यार्थी भिसामा जाँदा आफ्नो भबिष्य बनाउन सकिन्छ भन्ने कुराको पूर्व तयारीको अभाबको कारणले काम नपाएर फ्रस्टेसनको शिकार हुनुपर्ने बाध्यताको अवस्था पनि प्रमुख कारण हो । नेपालमा हुँदा जापान छिर्न मात्र पाए हुन्थ्यो भन्ने आभास हुन्छ तर यता आयेसी बास्तविकता फरक हुन्छ ।
३) भाषाको अभाब : जापानमा जापानिज भाषाको अभाब भएमा काम पाउने संभाबना न्यून सरह नै हुन्छ। नेपालमा हुँदा हामीलाई पढाइमा भन्दा जापान छिटो छिर्ने इच्छाले पिरोलेर भाषाको राम्रो तयारी गर्दैनौं र जसको कारण यता आएपछि छिट्टै काम मिल्दैन । जसले दिमागी रुपले हामी अस्वस्थ हुन जान्छौं ।
४) सेंपाईबाट गरिने व्यवहार : केहि गरि काम पाइहालेनी आफू भन्दा पहिले त्यहि ठाउंमा पहिले देखि काम गरिरहनुहुने नेपाली सेंपाईहरुले (केहि बाहेक ) पनि हेपेर बोल्ने , हडबडाउने किसिमले गाली गर्ने आदि ।
यसको केहि हद सम्मको समाधानको लागि यसो गर्ने कि:
१) कन्सल्टेन्सी: नेपाली बिद्यार्थीहरुलाई जापान पठाउने मात्र होइन , जापानको कुन ठाउँको गाक्कोमा पठाउँदा भबिष्य राम्रो हुन्छ त्यो ठाउँमा पठाउनु राम्रो हुनेछ । जहाँ कामको समस्या नहोस । साथै महत्व पूर्ण कुरा भनेको जापान आउने बित्तिकै भोग्नु पर्ने अवस्थाहरुको पनि राम्रो जानकारी दिएर पठाउँदा नेपाल बाटै बिद्यार्थीले आफ्नो आत्मबल बलियो बनाएर जापानमा पाइला टेकुन् ।
२) यथेस्ट तयारी : जापान आउनु पूर्व सकेसम्म आफु जान लागेको शहरको बारेमा राम्रो जानकारी लिएर मात्र त्यो शहर आउने निर्णय लिनुहोला । काम ,बसोबास तथा अन्य अवसरको अवस्था आदि ।
३) जापानिज भाषा : नेपाल मै आफ्नो समय जापानिज भाषा सिक्नको लागि खर्च गर्नु भएर भाषामा दख्खल भएर आउनु भएमा सेंपाई तथा अन्य व्यक्तिहरुबाट पनि राम्रो व्यवहार पाउनु हुनेछ ।
४) काउनसेलिंग : जापान आइसकेपछि नयाँ ठाउं, नयाँ वातावरण तथा रहनसहन सबै नयाँ त्यसमाथि फेरी समयमा काम नपाए पछि बिद्यार्थीसाथी भाईहरु अतालिनु स्वाभाविक नै हो । कोहि दिमागी रुपले अस्वस्थ भएर जाने अन्तमा आत्महत्या जस्ता कठोर कदम चाल्ने सम्मको अवस्था सृजना हुने गरेको देखिन्छ । अहिले जापानमा रहेका सक्रिय संघ संस्थाहरुले नयाँ बिद्यार्थी साथीभाईहरुको लागि काउनसेलिंग गर्ने कार्यक्रमहरु संचालन गर्नु भएमा जापानमा नेपालीहरुको राम्रो भबिष्य हुनेछ ।
(नोट : जापान देशमा मिहिनेत गर्ने हो भने उज्ज्वल भबिष्य छ साथै सबै कन्सल्टेन्सी ,व्यक्तिहरु नराम्रो हो भन्ने मनसायले यो जानकरी लेखेको होइन , राम्रा कन्सल्टेन्सी ,व्यक्तिहरु पनि छन् है ।)
(जापानमा विद्यार्थी भिसामा आएका सुमन लाकोजु हाल एक जापानी ट्राभल कम्पनीमा कार्यरत छन )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




