टोकियो/जापान । केहि दिन अघि जापानको नागोयामा निधन भएका चितवानका दुर्गा बहादुर विकको परिवारलाई जापानबाट २ लाख ३० हजार येन सहयोग पठाईएको छ ।
आईतबार, जातीय विभेद विरुद्ध विश्व मञ्च( ग्लोबल फोरम)जापानले संकलित रकम मृतक बिकको परिवारलाई पठाएको हो । शोक सन्तप्त परिवारलाई,पर्न गएको आर्थिक भारलाई थोरै भएपनि सहायता प्रदान गर्ने उदेश्यले संकलित सो रकम,ग्लोबल फोरम जापानका अध्यक्ष धन बहादुर बिक,नेपाली जनप्रगतिशील मन्च जापानकी सचिव एवं ग्लोबल फोरम जापनकी संस्थापक सदस्य मुना सुनुवार र नेपाली जनप्रगतिशील मञ्च जापानका सल्लाहकार बिष्णु रसाईलीको उपस्थितीमा जेएमई रेमिट बाट नेपाल पठाईएको हो ।

फोरमका अध्यक्ष धन बहादुर बिकका अनुसार, मृतक दुर्गा बहादुरको अन्त्येष्टिमा लागेको खर्च उनि पढ्न आएको कलेजले नै ब्योहोरिदिएको थियो भने, कलेजलाई तिरिएको शुल्क पनि फिर्ता गरिदिएको छ । साथै नेपालको कन्सल्टेन्सीले समेत आफुले लिएको सेवा शुल्क पनि परिवारलाई फिर्ता गरिदिएको छ ।
मृतक बिकले जापान आएको २ साता नबित्दै आफैले मृत्युको बाटो रोजेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




