टोकियो/जापान । आज (जुन २९ तारिख)जापानका केहि स्थानहरुमा ४० डिग्रीको उच्च ट तापक्रम कायम भएको छ । जुन महिनामा भएको यो ऐतिहासिक गर्मी हो ।

आज, जापानैभर उच्च गर्मी कायम भएको छ भने, गुन्मा प्रिफेक्चरको ईसेसाकीमा सहरमा दिउँसो २ बजेतिर ४० डिग्रीको उच्च तापक्रम मापन भएको मौसन विज्ञान एजेन्सीले जनाएको छ । उच्च गर्मी बढेपछि, विभिन्न स्थानहरूमा सकेसम्म बाहिर ननिस्किन तथा हिटस्ट्रोकको बारेमा धेरै सावधान रहनका लागि सचेत गराईएको छ ।

जापानमा जुन महिनामै ४० डिग्रीको उच्च तापक्रम कायम भएको यो दोस्रो पटक हो । यस अघि २५ तारिख पनि गुन्मा प्रिफेक्चरकै ईसेसाकीमा ४०.२ डिग्रीको उच्च ताप मापन गरिएको थियो ।

आज, जापानका अधिकांस प्रिफेक्चरहरुमा न्युनतमा ३० डिग्रीदेखि अधिकतम ४० डिग्रीसम्म कायम भएको छ  ।टोकियो,साईतामा,गुन्मा,यामानाशी,क्योतो,तोचिगी,आईची,ह्योगो,गिफु लगायतका प्रिफेक्चरहरुमा अत्यन्तै गर्मी भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार