आज (२९ तारिख ) बिहान आइची प्रिफेक्चरको तोयोहासी सहरस्थित राष्ट्रिय राजमार्गमा यात्रुवाहक कार सहित सातवटा सवारी साधन ठोक्किएर दुर्घटना भएको छ।

यस दुर्घटनामा ५ जना गम्भीर घाईते भई अस्पताल अस्पतालमा उपचाररत छन् भने,कसैको पनि ज्यान जोखिममा परेको छैन ।
प्रहरी तथा दमकल विभागका अनुसार आज बिहान करिब ११ः१० बजे तोयोहासी शहरको कोजिमा-चो हुँदै जाने राष्ट्रिय राजमार्ग (नम्बर २३ )मा रहेको तोयोहासी बाइपासमा सातवटा कार र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

एउटा पेट्रोल बोक्ने ट्याङ्करमा यात्रु बाहक कार ठोक्किएर क्षतविक्षत भएको दृश्यहरु सार्वजनिक भएपनि जापानको सवारी साधनमा जडित सुरक्षा कवचका कारण कसैको पनि ज्यान भने जान पाएको छैन ।

यति ठूलो दुर्घटना हुँदा पनि ट्यांकर खाली रहेकाले कुनै ठूलो क्षति नभएको तर पेट्रोलियम पदार्थले भरिएको ट्यांकर ा ठोक्किएको भए कयौँ मानिसहरुको मृत्यु हुन सक्ने अनुसन्धानमा संलग्नहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार