टोकियो/जापान । जुन महिना जापानबासी नेपालीहरुको लागि दुःखदपुर्ण महिना बन्न पुग्यो । लगभग १ लाख जति नेपालीहरुको बसोबास रहेको जापानमा जुनमा एकै महिना ७ जना नेपालीहरुको दुखद असामयिक निधन भयो ।
केहि, सामाजिक संस्थामा कृयाशिल सहयोगी व्यक्तिहरुको त हरेक साता जस्तै प्रदेशी भूमीमा ज्यान गुमाउनेहरुको पोस्टमार्टम रिपोर्ट लिने र पार्थिव शरिरको जिम्मेवारी लिँदै अन्त्येष्टि गर्ने दैनिकी जस्तै बन्न पुग्यो। ।
मृत्यु संघै पिडादायी त हुँदै हो, अझ प्रवासका मृत्युहरु झन भयानक दर्दनाक हुनेगर्दछन् । त्यसमा पनि कालगतिले तथा उपातार गराउँदा/गराउँदै भए,उसको आयुनै त्यतिनै रहेछ भनेर मन बुझाउने बाटो होला तर एक्कासी आफैले मृत्यु रोजेर जानेहरुको परिवार पिडाको कुन सागरमा डुबेको होला, त्यो केबल उनिहरुलाई भन्दा अरुलाई त के थाह हुन्छ र ?
जापानमा अघिल्लो महिना,विद्यार्थी भिसामा जापानको नागोया आईपुगेको १२ दिनमै चितवानका दुर्गा बहादुर बिकले मृत्यु रोजे,जापानमा अध्ययन गरी केहि अर्थोपार्जन गरि घर बनाउने सपना बोकेर आएका बिक घरै नफर्कि जापानी भूमिमै बिलिन भए । त्यस्तै जापानमा लामो समय बसिसकेका अर्का स्यांग्जाका एक नेपालीले पनि आफैँले मृत्यु रोजेको बताईयो( उनको बारेमा परिवारले थप केहि सार्वजनिक गर्न चाहेन) । त्यसपछि जापानको साईतामा प्रिफेक्चरमा परिवार सहित बसोबास गर्ने ४१ वर्षिया निलक कँडेलको हृदयघातको कारण निधन भयो ।
मृत्युका श्रृंखला बढ्दै गएको जापानमा त्यसपछि, बागलुङका सुरेश गौतमको निधन भयो ।सुरेश लामो समयदेखि क्यान्सर रोगसंग संघर्ष गरिरहेका थिए । २७ वर्षिय सुरेसको सक्दो उपाचार गर्दा/गर्दै निको नभएपछि निधन भएको थियो ।
फेरि बागलुङकै २ जना स/सना बालकहरुले टोकियोको तामा खोलामा पौडि खेल्नेक्रममा ज्यान गुमाए । उनिहरुको अन्त्येष्टि सकिन नपाउँदै ओसाकामा म्याग्दिका अर्जुन रोका मगरले आफैले मृत्यु रोजे । यसरी अघिल्लो महिना जापानको नेपाली समुदायमा यसअघि कहिलै नदेखिएको मृत्युको श्रृंखला देखियो ।
यस्ता, दुखद खबरहरु लेख्दा हरेकपटक हामीले जापान स्थित नेपाली संघसंस्था तथा सरोकारवाला निकायहरुलाई अवस्था बोध गरेर यस्ता सम्भावित दुखत घटनाहरु न्युनिकरणमा पहल गर्नका लागि सचेत गराउँदै आएका छौँ । आशा गरौँ आगामी दिनहरुमा जापानमा यस्ता दुखद घटनाहरु न्युनिकरण हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




