टोकियो/जापान । जापानको एयु/युक्यु तथा पोवो मोबाईल सेवा प्रदायक कम्पनी केडिडिआईले सेवामा देखिएको समस्याको कारण पत्ता लागेको बताएको छ । २ तारिख साँज ५ बजेपछि सार्वजनिक गरेको जानकारी अनुसार डाटा कम्युनिकेशन नेटवर्क प्रयोग गरी भ्वाइस कलमा ट्रान्सफर गर्ने उपकरणमा समस्या आएकाले आज बिहानै देखि सञ्चारमा अवरोध भएको बताईएको छ ।
कारण पत्ता लागेको बताईएपनि अझै, देशैभरका प्रयोगकर्ताहरु टेलिफोन सम्पर्क बाहिर छन् । कम्पनीले साँझ केहि आईफोन तथा एन्ड्रोईड फोनहरुमा ईन्टरनेट सेवा पुन सुचारु भएको बताएको छ । यद्यपी कान्तो क्षेत्रका स्मार्टफोनहरुमा केहि ढिलो गतिमा भएपनि बिहानैदेखि ईन्टरनेट भने चलिरहेको थियो ।
आज दिनैभर तथा अहिलेसम्म पनि एयु, युक्यु,पोवो तथा केडिडिआईको नेटवर्क प्रयोग गर्ने राकुतेनका केहि सेवाहरुमा फोन सम्पर्क नहुने तथा ईन्टरनेट कनेक्सन नहुने समस्या देखिएको छ ।
एन्ड्रोइड फोनहरुमा भने भ्वाइस कलहरू तथा डाटा दुबै संचारहरु प्रयोग गर्न कठिन भएको बताईएको छ । अहिले मर्मतको लागि भार कमगर्न एन्ड्रोईड प्रणालीमा सबै सेवा प्रतिबन्ध लगाइएको बताईएको छ । आज जापानभरका करिब ३ करोडभन्दा बढी केडिडिआईका प्रयोगकर्ताहरु प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




