टोकियो/जापान । नेपाल तामाङ समाज जापानको ८औं अधिबेशन सम्पन्न भएको छ । जापानको राजधानी टोकियोमा जुलाई ३ तारिख आईतवार सम्पन्न भएको अधिबेशनले अध्यक्षमा कर्साङ तामाङको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमति चयन गरेको हो ।

समाजको बरिष्ठ उपाध्यक्षमा अनिता थोकर, उपाध्यक्षहरुमा क्रमश बलराम थिङ, गिरबहादुर घिसिङ, स्मृति मोक्तान, कृष्ण घिसिङ चयन हुनु भएको छ भने महासचिवमा तेज थिङ, सचिवमा ललिता तामाङ, जनक थोकर, चन्द्र दोङ तामाङ, कोषाध्यक्षमा सुस्मा लामा वाइबा, सहकोषाध्यक्षमा अष्टमाया लामा सहित सम्पूर्ण कार्यसमिती सर्वसम्मत चयन गरिएको छ ।
समाजको सदस्यहरुमा सत्यराम लामा, प्रकाश तामाङ, लक्ष्मी वाइवा तामाङ, मनिता मोक्तान, एलिना मोक्तान, रोतिस तामाङ, बुद्दिराज तामाङ, अमृत लामा, छोक्पा पाख्रिन तामाङ रहनुभएको छ । बाँकी ५ जना सदस्यहरु भने बैठकले निर्णय गरेर थप्ने भएको छ ।अधिबेशनमा समाजले गरेका कार्य प्रतिबेदनको महासचिव बलराम थिङले र आर्थिक प्रतिबेदन गिर बहादुर घिसिङले प्रस्तुत गरि पारित गरेको थियो ।
नेपाल तामाङ समाज जापानकी निवर्तमान अध्यक्ष रुबिना तामाङको सभापतित्वमा सम्पन्न सो अधिबेशनको प्रमुख अतिथिमा गैरआवासीय नेपाली संघ आईसीसी उप महासचिव ओम गुरुङको प्रमुख अतिथ्यता र बिशेष अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव राई, गैरआवासिय नेपाली संघ एशिया प्यासिफिक उप-संयोजक ददिवल खड्का, गैरआवासिय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल रहेका थिए ।

अधिववेशनको घोषणा सभामा निर्वाचन प्रमुख सुकमान थिङ तामाङले नयाँ कार्य समितिको घोषणा गरेका थिए । कार्यक्रमममा नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, जनजाति महासंघ जापानकी सल्लाहकार तथा गैरआवासीय नेपाली संघकी नेतृ अनिता टिम अध्यक्ष् अनिता गुरुङ, गैरआवासिय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष नविन न्यूरे, महासचिव सिद्धार्थ श्रेष्ठ, प्रवक्ता सुभाष लामिछाने, थकाली समाज जापानका अध्यक्ष बुद्धी गौचन, तमु धीँ जापानका अध्यक्ष रमेशकुमार गुरुङ, शेर्पा संघ जापानका अध्यक्ष दावा शेर्पा, किराँत राई यायोक्खा जापानका अध्यक्ष विनोद राई, नेपाल मगर संघ जापानका अध्यक्ष ओम मगर, किराँत याक्थुङ् चुम्लुङ् जापानका अध्यक्ष सुदिप पालुहाङ् लिम्वु, दोलखाा समाज जापानका अध्यक्ष महेश खड्का लगाएतका अथितिहरुको उपस्थित रहेको थियो ।

अधिवेशनको अवसरमा समाजले जापानमा निर्माण गरेको तामाङ जागरण गीतको पनि विमोचन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




