जापान । ताईफुन ४ ( 台風 4号)का कारण परेको भारी वर्षाले जापानको शिकोकु,किन्की,तोउकाई तथा उत्तरी /पश्चिमी क्युशुका विभिन्न क्षेत्रहरु प्रभावित भएको छ।
भारी वर्षाका कारण नदिनाला छेउछाउ तथा समतल क्षेत्रमा बाढी तथा डुवान एवं पहाडी क्षेत्रहरुमा पहिरोको चेतावनी जारी गरिएको छ। फुकुओका, कुमामोतो,एहिमे,कोची,नागासाकी लगायतका प्रिफेक्चरहरुको विभिन्न क्षेत्रहरुमा बाढी/पहिरो तथा डुबानको जोखिमका कारण सयौँ घरपरिवार विस्ताथापित हुनुपर्ने चेतावानीहरु जारी गरिएको छ ।
मौसम विज्ञान एजेन्सीका अनुसार ,ताईफुन ४ नागासाकी प्रिफेक्चरको सासेबो शहर नजिक ५ तारिख बिहान ६ बजे तिर आईपुगेको थियो । नागासाकी, फुकुओका र कुमामोतो प्रिफेक्चरहरुमा ताईफुनको कारण अहिले प्रतिघण्टा १ सय मिलिमिटर भन्दा धेरै वर्षा भएको देखिन्छ ।
ताईफुनको प्रभावबाट टाढा रहेको सिकोकु क्षेत्रमा पनि भारी वर्षा भईरहेको छ र भने डुवान तथा कटानको प्रकोप बढेको छ । नदिको छेउछाउमा बाढि तथा डुबानको जोखिम हुनसक्ने भन्दै सचेत गराईएको छ ।
ताईफुबाट निकै टाढा रहेको पुर्वि तथा उत्तरी जापानमा समेत विभिन्न स्थानहरुमा भारी वर्षा हुनसक्ने मौसमी अनुमान गरिएको छ । ताईफु नसकिनुजेल जापानको अधिकांस क्षेत्रहरुमा जोखिम रहेको भन्दै समाचारहरु मार्फत सचेत गराईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




